ओली सरकार र शैक्षिक माफियाविरुद्ध विद्यार्थीको आन्दोलन घोषणा

काठमाडौं । नेपाल विद्यार्थी संघसहितका विपक्षी विद्यार्थी संगठनहरूले देशव्यापी संघर्षका कार्यक्रम गर्ने निर्णय गरेका छन् ।

काठमाडौंमा सोमबार बसेको संयुक्त बैठकले लकडाउन अवधिको शुल्क मिनाहा लगायतका माग राख्दै सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको नेविसंघका अध्यक्ष राजिव ढुंगानाले जानकारी दिए ।

उनले असार १६, १७, १८ र १९ गते मशाल जुलुशसहित देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

मंगलबार त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डमा घेराउ गर्ने लगायतका निर्णय विद्यार्थी संगठनहरूले गरेका छन् ।

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले सरकारविरुद्ध संयुक्त विरोध कार्यक्रम गर्दै आएका छन् ।

Published : Monday, 2021 June 28, 12:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया