पोर्चुगलबाट समाजसेवी पुन दम्पत्तिको पहलमा ढोरपाटन–६ मा आर्थिक सहयोग

ढोरपाटन । बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका– ६ मा समाजसेवी दम्पत्ति हरि पुन–शर्मिला पुनको पहल र नेतृत्वमा अति विपन्न लोकबहादुर भण्डारी तथा शुवित्रा भण्डारीलाई आर्थिक सहयोग गरेका छन् ।

हाल पोर्चुगलमा बसोबास गर्दै आएका पुन दम्पत्तिले लोकबहादुर भण्डारी र शुवित्रा भण्डारीलाई आर्थिक सहयोग गरेको नेपाल तरुण दल बाग्लुङका कोषाध्यक्ष एवम् कांग्रेसका युवा नेता देवेन्द्र घर्ती मगरले जानकारी दिए ।

समाजसेवी पुन दम्पत्ति ढोरपाटन नगरपालिका–६ निवासी हुन् । उनीहरूले अति विपन्न लोकबहादुर भण्डारीलाई २५ हजार र शुवित्रा भण्डारीलाई १ लाख २५ हजार नगद सहयोग गरेका छन् ।

हरि पुन बाग्लुङ समाज पर्चुगलका उपाध्यक्ष हुन् । उनकी पत्नी शर्मिला पुन समाज सेवामा सक्रिय छिन् । शर्मिला पुन भलिवल खेलाडी पनि हुन् ।

आर्थिक सहयोग ढोरपाटन नगरपालिका–६ का वडाध्यक्ष जीवन पुनको प्रमुख आतिथ्यता तथा समाजसेवी अस्मिता भण्डारी विशेष आतिथ्यतामा लोकबहादुर भण्डारी र शुवित्रा भण्डारीलाई रकम हस्तान्तरण गरिएको थियो ।

नेपाली कांग्रेसका युवा नेता एवम् वडाध्यक्ष जीवन पुनले अति विपन्न लोबहाहादुर भण्डारी र शुवित्रा भण्डारीलाई आर्थिक सहयोग गरेकोमा समाजसेवी दम्पत्ति हरि पुन र शर्मिला पुनलाई विशेष धन्यावाद दिएका छन् ।

‘विदेशमा रहेर पनि आफू जन्मिएको वडाका अति विपन्न परिवारलाई आर्थिक सहयोग गर्नु हुने समाजसेवी दम्पत्ति हरि पुन र शर्मिला पुनलाई विशेष धन्यावाद छ’, वडाध्यक्ष पुनले भने, ‘उहाँहरूको योगदानको सधैँ वडाबासीले कदर गर्नेछन् ।’

रकम हस्तान्तरण कार्यक्रममा होमबहादुर भण्डारीको अध्यक्षतामा भएको थियो । दुर्गा भण्डारी, उजेली थापा, रामबहादुर भण्डारी, शिव थापा, मदन भण्डारी, दिनेश भण्डारी, प्रेम भण्डारी, वविता भण्डारी लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

पोर्चुगलमा रहेका समाजसेवी दम्पत्ति हरि पुन र शर्मिला पुनले यसअघि पनि आफूलाई समाजसेवामा सक्रिय बनाउँदै आएका छन् । पुन दम्पत्तिले आर्थिक सहयोग गर्ने सबै साथीभाईहरूलाई धन्यावाद दिँदै आभार व्यक्त गरेका छन् ।

उनीहरूले आगामी दिनमा पनि आफ्नो गाउँ, जिल्ला र जन्मभूमि नेपाललाई सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको कार्यक्रममा जानकारी दिइएको थियो ।


सहयोग गर्ने

१. सूर्य हमाल– ५२ यूरो

२. हरि पुन मगर– ८१ यूरो

३. नरेन्द्र हमाल– ५१ यूरो

४. देवदास छनत्याल– ५१ यूरो

५. प्रकाश थापा– ५१ यूरो

६. मुस्कान घर्ती मगर– ५५ यूरो

७. प्रेम खडका– ४१ यूरो

८. ओमकार थापा मगर– ३१ यूरो

९. केशव बगाले– ५००० रुपियाँ

१०. आशिष बिसी–३१ युरो

११. ज्ञानेन्द्रबहादुर छन्त्याल– २० यूरो

१२. बिक्रम गौतम– २१ यूरो

१३. गणेश रोका मगर– २१ यूरो

१४. महेन्द्र छन्त्याल– ३१ यूरो

१५. एकिन्द्र हमाल– २१ यूरो

१६. श्रीकृष्ण रिमाल– ३१ यूरो

१७. उमेश गुरुङ– २१ यूरो

१८. नवीन पुन– २१ यूरो

१९. मिथुन छन्त्याल– २० यूरो

२०. सुमन पुन– १६ यूरो

२१. मिलन मगर– १५ यूरो

२२. मिमु सुनार– १५ यूरो

२२. गंगा क्षेत्री– १५ यूरो

२३. बलबहादुर भण्डारी– १५ यूरो

२४. झकाश भण्डारी– १५ यूरो

२५. केशव केसी– २१ यूरो

२६. छवि पौडेल– १० यूरो

२७. डलर थापा– १० यूरो

२८. दीपक राना मगर– १० यूरो

२९. विजय क्षेत्री– १० यूरो

३०. रामु थापा– १० यूरो

३१. हिमाल पुन– १० यूरो

३२. सीता सापकोटा– १० यूरो

३३. रमेश बुढाथोकी– १० यूरो

३४. किरण दीप– १९ यूरो

३५. टेकु राना मगर– १९ यूरो

३६. चितु छन्त्याल– १५ यूरो

३७. सञ्जीव परियार– ११ यूरो

३८. उदिम घर्ती मागर– २१ यूरो

३९.चेली थापा खनाल– ११ यूरो

४०. अजय थापा– १२ यूरो

४१. हुतराज पुन– १० यूरो

४२. सुजन गुरुङ– ११ यूरो

४३. ओम कार्की– १० यूरो

४४. मान अर्गेजा मगर– १० यूरो

४५. दिनेश खडका– २० यूरो

४६. देविन्द्र कान्छा– २००० रुपियाँ

Published : Sunday, 2021 June 27, 11:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया