उप्रेतीद्वारा अस्ट्रेलियामा नयाँँ परियोजनाको पाइलट प्रोजेक्टको सूत्रपात
मेलबर्न । भिक्टोरियन बहुसाँस्कृतिक आयोगका लागि बारवन साउथ वेष्ट रिजनको प्रतिनिधित्व हुने गरी २०१९–२१ का लागि सल्लाहकारका रुपमा कार्यरत एवम् ग्रेटर जिलोङ नेप्लिज कम्युनिटीका सकृय सदस्य नेपाली मूलका ज्ञानेन्द्र उप्रेतीको पहलमा समुदायका सदस्यहरूले सामना गर्न परेका बिभेदकारी सामाजिक, आर्थिक र राजनीतिक हैरानीहरूलाई न्यूनीकरण गर्ने उदेश्यका साथ अस्ट्रेलियाको भिक्टोरियामा नयाँँ परियोजनाको पाइलट प्रोजेक्टको सूत्रपात भएको छ ।
गत सोमबार २१ जुनका दिन कोभिड–१९ का कारण मेलबर्न समय बेलुकी ५ः३० शुरु गरी ७ः०० बजे समाप्त गरिएको जुम मिटिङ लगत्तै यो परियोजनाले औपचारिकता प्राप्त गरेको हो ।
यसै अन्तर्गत सम्बन्धित बिभिन्न समुदायका बीच जुलाई २३ मा जिलोङमा अरबी भाषामा, अगस्ट २० मा जिलोङमा डारी भाषामा, सेप्टेम्बर २४ मा जिलोङमा कारेन भाषामा, २२ अक्टोबरमा जिलोङमा अंग्रेजी भाषामा १९ नोभेम्बरमा तामिल भाषामा कोलाकमा अंग्रेजी भाषामा र २१ जनवरीमा वार्नाबुलमा अंग्रेजी भाषामा “क्बाभतथ बत धयचपः पलयध थयगच चष्नजतक बलम चभकउयलकष्दष्ष्तिष्भक“ कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।
भिक्टोरियन बहुसांस्कृतिक आयोगका कमिसनर, शरणार्थी सप्ताह २०२१ का दूत एवम् माइग्रान्ट वर्कर केन्द्रका सेफ्टी दूत शंकर काशिनाथनद्वारा सञ्चालित कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधिका रुपमा सांसद क्रिस्चिन कौजिन्स र ग्रेटर जिलोङका काउन्सिलर जिम मासनले मन्तब्य राखेका थिए ।
प्रमुख वक्ताको रुपमा डाइभरसिटाटका तर्फबाट स्ट्राटेजिक इनगेजमेण्ट कोअर्डिनेटर प्रेहासिनी जोसेफ, भिक्टोरियन बहुसांस्कृतिक आयोगका लागि बारवन साउथ वेष्ट रिजनको प्रतिनिधित्व हुने गरी २०१९–२१ का लागि सल्लाहकारका रुपमा कार्यरत एवम् ग्रेटर जिलोङ नेप्लिज कम्युनिटीका सकृय सदस्य ज्ञानेन्द्र उप्रेती, फोएनिक्स एजुकेशनल, मल्टिकल्चरल इन्टिग्रेशन, कन्सल्टिङ, कम्युनिटी सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत डा.माटिन घायोर मिनाइए थिए ।
कार्यक्रममा माइग्राण्ट वर्कर्स सेन्टरका तर्फबाट भीमा मुनियापाह, लुम्बिनी–कपिलवस्तु विश्व अभियानका तर्फबाट मेरो, दिदीबहिनी समाज भिक्टोरियाका तर्फबाट अध्यक्ष डा.जमुना पराजुली, ग्रेटर जिलोङ नेप्लिज कम्युनिटीका तर्फबाट अध्यक्ष डा.सन्तोष पाण्डे आदिको उपस्थिति थियो ।
ब्यक्ति वा संस्थाद्वारा अन्य ब्यक्तिहरूमा बिभिन्न नियत र स्वार्थका कारण सामाजिक, आर्थिक र राजनीतिक रुपमा गरिने भेदभाव र हैरानी जस्ता संबेदनशील मानवीय समस्या न्यूनीकरणका लागि उप्रेतीले यो परियोजनाको अबधारणाको परिकल्पना गरेका हुन् ।
बिगतमा आफूले भोगेका समस्या र बिभिन्न ब्यक्ति र संस्थामार्फत बिभिन्न ब्यक्तिले यस्ता किसिमका समस्याहरू भोगेको आफूले देखेकाले यसबाटै उप्रेतीलाई यो परियोजनाबारे सोच्ने प्रेरणा मिलेको हो ।
परियोजना २०२२ फरवरीमा सकिनेछ । यो समयबधिमा भए गरिएका कामको मूल्यांकनका आधारमा परियोजनालाई परिमार्जनका साथ थप प्रभावकारी बनाउने किसिमले अगाडि बढाइनेछ ।
परियोजना माइग्राण्ट वर्कर्स सेन्टर, डाइभरसिटाट लगायत बिभिन्न संस्थाहरूको सहयोगमा सामुदायिक सदस्य एवम् नेतृत्वदायी ब्यक्तिहरूको समूहद्वारा सञ्चालन गरिने गरी तयार पारिएको छ ।
यो ऐतिहासिक महत्वपूर्ण परियोजना शुरु गर्न पहल गरेर सफलता प्राप्त गरेकोमा लुम्बिनी–कपिलवस्तु विश्व अभियानका विश्व संयोजक तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’का विश्व सल्लाहकार रामकुमार श्रेष्ठले फेसबुकमार्फत ज्ञानेन्द्र उप्रेती लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई दिए ।
पाइलट प्रोजेक्ट समयाबधिमा आगामी परियोजना प्रभावकारी ढंगले अगाडि बढाउन उल्लेखनीय प्रभावकारी उपलब्धीहरू हासिल होस् भन्दै शुभकामना ब्यक्त गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया