रुपा प्रकरणमा भ्रम फैलाउने गिरोहको पहिचान, यी हुन् अराजक धन्दावालहरू
काठमाडौं । काठमाडौंका बबरमहलमा जातीय भेदभाव गरेर रुपा सुनारलाई कोठा भाडा दिन इन्कार गरेको विषयलाई गलत सूचना र समाचारसहित समाचार सम्प्रेषण गर्ने ९ वटा अनलाइनविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ ।
पीडत सुनारले शुक्रबार प्रेस काउन्सिलमा आफूविरुद्ध भ्रामक र जातीय द्वेष राखेर समाचार लेख्ने अनलाइनहरूविरुद्ध कारबाहीको माग गरेर उजुरी दिएकी हुन् ।
सुनारले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकमविरुद्ध लिखित उजुरी दिएकी हुन् ।
विभिन्न गिरोहबाट सञ्चालित यी अनलाइनहरूले सुनारविरुद्ध समाचार सम्प्रेषण गरेर मिलेर बसेका जातजातिबीच जातीयद्वन्द्व हुने गरेर समाचार सम्प्रेषण गरेको पीडित सुनारले बताएकी छिन् ।
सुनारविरुद्ध यी अनलाइनहरूले युरोपियन युनियन (ईयू)बाट डेढ करोड रुपियाँ लिएका जस्ता भ्रामक समाचार सम्प्रेषण गरेको सुनारले उजुरीमा उल्लेख गरेकी छिन् । उनले ती अनलाइनहरूलाई हदैसम्मको कारबाही माग गरेकी छिन् ।

‘राज्यद्रोह, गाली बेइज्जती वा अवहेलना हुने वा अपराध गर्न दुरुत्साहत गर्ने वा सार्वजनिक शिष्टाचार, नैतिकताको प्रतिकूल कार्य गर्ने, श्रमप्रति अवहेलना गर्ने र जातीय छुवाछुत एवम् लैंगिक भेदभावलाई दुरुत्साहन गर्ने कार्यमा मनासिव प्रतिबन्ध लगाउने गरि ऐन बनाउन रोक लगाइएको मानिने छैन’, सुनारको उजुरीमा उल्लेख छ ।
‘प्रस्तुत अफवाहले विभिन्न जात, जाति, धर्म वा सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पु¥याउने र जातीय छुवाछुत एवम् लैंगिक भेदभावलाई दुरुत्साहन गर्ने कार्य खुल्लमखुल्ला गरेको समेत देखिन्छ’, उजुरीमा भनिएको छ, ‘प्रेस काउन्सिलले जारी गरेको आचारसंहिता सम्बन्धित पक्षको भनाइलाई स्थान दिनुपर्ने प्रावधानलाई समेत लत्याएर यी अनलाईनहरू मेरो चरित्र हत्या गरि समग्र समुदायमाथि नै हिंसा गरेको हुनाले ती अनलाईनहरूमाथि प्रेस काउन्सिलबाट आवश्यक कानूनी कारबाही गर्नुका साथै ती अनलाईनर्लाइ साइबर अपराध कसुर अन्तर्गत कारबाहीका लागि सिफारिस गरिदिनुहुन यो निवेदन पेश गर्दछु’, पीडित सुनारले भनेकी छिन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया