हतियारसहित नेपाल छिरेको भारतीय ‘ग्याङ’ पक्राउ

सर्लाही । सशस्त्र प्रहरी बल नेपालले सर्लाही जिल्लामा मेडईन ईटाली लेखिएको एउटा अटो पेस्तोलसहित दुई जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ ।

बिहीबार साँझ ब्रम्हपुरी गाउँपालिका– ४ शेखटोलस्थित सीमा ईलाकाबाट दुई जनालाई पक्राउ गरेको सशस्त्र प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा भारतको सीतामडी जिल्ला मौहवा ग्रामपंचायत–११ घर बताउने ४५ वर्षीय संजयकुमार भारती र भारतकै पुरनदाहा रजवरा पश्चिमी ग्रामपंचायत–५ बस्ने ४० वर्षीय उमाशंकर महतो छन् ।

भारतबाट बीआर ३० एन २०३४ नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरूको साथमा पेस्तोल तथा सोको म्याग्जिन २ वटा, गोली २ वटा, मोवाईल २ थान बरामद गरेको छ ।

सशस्त्र प्रहरीले उनीहरूको साथबाट १२ हजार ३ सय ९६ भारतीय रुपियाँ फेला पारेको विज्ञप्तिमा उल्लेख छ । सशस्त्र प्रहरीले त्यसवेला उनीहरूले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।

Published : Friday, 2021 June 25, 10:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया