देउवा–दाहालको कुराले बालुवाटारको सातो गयो, ओलीलाई सबक सिकाउने
काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले विश्वासका मत लिन विभिन्न गतिविधि गरिरहेका बेला नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
शुक्रबार देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा ओलीले लिन लागेको विश्वासको मत र संवैधानिक परिषदको बैठकका विषयमा छलफल भएको जनाइएको छ ।
ओलीलाई विश्वासको मत लिनबाट च्यूत गर्ने विषयमा देउवा र दाहालबीच कुराकानी भएको स्रोतले जनाएको छ । देउवालाई भेट्न दाहाल बुढानिलकण्ठ पुगेका थिए ।
सभापति देउवा र अध्यक्ष दाहालबीच ओलीका सबै राजनीतिक दाउँलाई असफल बनाउने सहमति भएको स्रोतको भनाइ छ । दाहालले देउवालाई ओलीलाई विश्वासको मत लिन नदिएर कांग्रेसको नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरेको बताइएको छ ।
देउवा र दाहालबीच ओलीले बोलाएको संवैधानिक परिषदको बैठक बहिस्कार गर्ने विषयमा पनि कुराकानी भएको छ ।
यसअघि बिहीबार देउवालाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि भेट गरेका थिए ।
ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेका छन् । ओलीले विश्वासको मत लिनका लागि जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह र माधव नेपाल समूहलाई फकाइरहेका छन् ।
देउवालाई प्रधानमन्त्री ओलीले पनि वैशाख २२ गते भेट गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया