कीर्ते काण्डमा मुछिएका पोखरेलले आफ्नै गाउँका ठूला नेता सम्हाल्न सकेनन्
काठमाडौं । एमालेका नेता शंकर पोखरेलले कीर्ते काण्ड गरेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री हत्याएको भनेर माओवादी केन्द्र, नेपाली कांग्रेससहितका दलहरूले आरोप लगाइरहेका बेला पोखरेलकै दलका प्रदेश सांसद अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएका छन् ।
एमालेका तर्फबाट दाङको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित डाँगीले पार्टी परित्याग गरेपछि पोखरेललाई तनाब भएको छ । मुख्यमन्त्री पोखरेल र डाँगीको दाङमा एउटै गाउँमा घर रहेको छ ।
पोखरेल एमालेभित्र अनुदार नेताका रुपमा छवि बनाएका छन् । दाङमा बहुमत एमालेका नेताहरूले पोखरेललाई रुचाउँदैनन् ।
पोखरेलको अनुदारवादी चरित्र र व्यवहार नरुचाएकै कारण डाँगीले पनि एमाले छाडेका छन् ।
दाङमा एमालेको संगठन बनाउन ठूलो भूमिका खेलेका डाँगीले आफैले बनाएको एमाले पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पोखरेलको साथ छाडेका छन् । नेता डाँगी एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिन्थे ।
लोकतान्त्रिक विधि र प्रक्रिया विपरित गतल संस्कृतिको सुरुवात गरेका भन्दै डाँगीले राजनीतिक खिचातानीबाट मुक्त हुन खोजेको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
यसअघि, एमालेकै नेतृ एवम् प्रदेश सांसद विमला खत्री वलीले पनि मुख्यमन्त्री पोखरेलको साथ छाडेकी छिन् ।
वलीका पति उत्तरकुमार वलीले एमालेबाट निर्वाचित भएका थिए । गाडी दुर्घटनामा उत्तरकुमारको निधन भएपछि विमलले उप–निर्वाचनमा टिकट पाएर जितेकी थिइन् ।
एमालेबाटै निर्वाचित अर्का सांसद दृगनारायण पाण्डेयले पनि संसद पदबाट राजीनामा दिइसकेका छन् । कापिलवस्तुबाट निर्वाचित सांसद पाण्डेयले एमाले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
अल्पमतमै रहेका शंकर पोखरेलले आफूमाथिको अविश्वासको प्रस्ताव छल्न संसद अन्त्य गरी आइतबार पुनः मुख्यमन्त्रीमा नियुक्त लिएका छन् ।
संविधानको धारा १६८ को १ बमोजिम एकल बहुमतको सरकार गठन गर्ने भनिएपनि अल्पमतमै रहेका बेला प्रदेश प्रमुखले पोखरेलाई मुख्यमन्त्रीमा नियुक्त गरी मुख्यमन्त्रीकै कार्यालयमा पुगी सपथ खुवाएका थिए ।
एकल बहुमतको सरकार बनाएको भन्दै पोखरेलले मन्त्रिमण्डल विस्तार गरी १० सदस्यीय बनाए पनि एमालेकै ३ जना सांसदले पोखरेलको साथ छोडिसकेका छन् । पोखरेलसँग एमालेमा अहिले जम्मा ३८ सांसद छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया