चारैतिरबाट एक्लिएपछि देउवा दरबारको शरणमा पुगे ओली

काठमाडौं । चारैतिरबाट घेराबन्दीमा परेर एक्लिएका प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

वैशाख २७ गते विश्वासको मत लिने तयारी गरेका ओलीले बुधबार अचानक देउवासँग भेट गरेका हुन् । देउवालाई भेट्न ओली बुढानिलकण्ठस्थित निवास पुगेका छन् ।

भेटवमा के कुराकानी भएको हो केही भनिएको छैन । तर, प्रधानमन्त्री पद संकटमा परेका बेला ओलीले देउवालाई भेट गर्नुलाई रहस्यका साथ नेताहरूले लिएका छन् ।

माओवादी केन्द्रले बुधबार मात्रै ओली सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ ।

माओवादीले पनि समर्थन फिर्ता लिएपछि तनावमा परेका ओलीले आफ्नो प्रधानमन्त्री पद बचाउन देउवासँग अनुरोध गरेको हुन सक्ने चर्चा चलेको छ ।

वैशाख २७ गते संसद बैठक बोलाएका बेला प्रधानमन्त्री ओलीले मंगलबार विवादास्पद विधेयकहरू जारी गरेका थिए । कांग्रेसले विधेयकहरूको विरोध जनाइ सकेको छ ।

आफ्नै पार्टी एमालेभित्र पनि ओली एक्लिएका छन् । ओलीलाई जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरको एउटा समूहबाहेक अरु कुनै पनि दलले पछिल्लो समय साथ दिएका छैनन् ।

ओली चारैतिरबाट एक्लिएका छन् । ओलीले कांग्रेसको साथ खोजेका छन् । कांग्रेसलाई फकाएर कुर्सीमा टिकिरहने ओलीको दाउँ रहेको चर्चा भएको छ ।

भेटवार्तामा एमालेबाट प्रधानमन्त्री ओलीसहित उप–प्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र संसदीय दलका उप–नेता सुवासचन्द्र नेम्वाङ छन् ।

कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, उप–सभापति विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का र सह–महामन्त्री डा.प्रकाशशरण महत सहभागी छन् ।

Published : Wednesday, 2021 May 5, 5:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया