बालुवाटार–शीतल निवासको मिलोमतोमा भयो विवादित काम, अब देउवाले नछाड्ने
काठमाडौं । नेपाली कांग्रेसले कम्युनिस्ट सरकारले अध्यादेशबाट देश चलाउन खोजेको भन्दै आपत्ति जनाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार विज्ञप्ति जारी गरेर प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी भएका ७ वटा अध्यादेशको विरोध गरेका हुन् ।
‘संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ’, देउवाले भनेका छन् ।
‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले राष्ट्रपतिले संविधान र लोकतन्त्रको खिलाफमा हुने गरेर अध्यादेश जारी गरेको भन्दै आपत्ति जनाएका छन् ।
उनले अध्यादेश जारी गर्ने निर्णयको भर्त्सना गरेको बताए । डा.महतले संविधानसँग बाझिने गरेर ल्याइएका विवादित अध्यादेशहरू फिर्ता हुनुपर्ने भन्दै अन्यथा कांग्रेसले ओली सरकारलाई नछाड्ने चेतावनी दिएका छन् ।
भण्डारीद्वारा जारी भएका अध्यादेशहरूमा विवादमा तानिएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश पनि समावेश रहेको छ ।
चौँथो नम्बरमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ समावेश गरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया