महन्थ र शंकरको पछि लाग्दा पद गुमाएका चार नेतालाई सर्वोच्चले पनि साथ थिएन

काठमाडौं । सर्वोच्च अदालतले सांसद पदबाट पदमुक्त भएका जनता समाजवादी पार्टी (जसपा)का ४ नेताले दिएको रिट फिर्ता गरिदिएको छ । सर्वोच्चले कोरोनाका कारण रिट फिर्ता गरिदिएको हो ।

कोरोना महामारीका कारण सर्वोच्च अदालतले वैशाख १५ देखि वैशाख मसान्तसम्म बन्दी प्रत्यक्षीकरण र कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनमात्र दर्ता हुने भन्दै फिर्ता गरिदिएको छ ।

सह–रजिस्ट्रार बाबुराम दाहालले जसपाका चार नेताहरूलाई अदालतको नियमित काम कारबाही र सेवा सञ्चालन भएको बखत निवेदन लिई आएमा दर्ता हुन सक्ने भनेर फिर्ता पठाएको बताए ।

लुम्बिनी प्रदेश सरकारमा सहभागी भएपछि जनता समाजवादी पार्टीका ४ नेतालाई पार्टीले निष्कासन गरेको जानकारी प्रदेशसभालाई दिएपछि उनीहरूले सांसद पद गुमाएका थिए ।

जसपा नेताहरू सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे सर्वोच्चमा रिट लिएर पुगेका थिए ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेससहितका विपक्षी दलहरूको मोर्चाविरुद्ध लागेको भन्दै चार सांसदको पद उडाइदिएका थिए ।

जसपाका अध्यक्ष अध्यक्ष महन्थ ठाकुर, प्रधानमन्त्री केपी ओली र मुख्यमन्त्री शंकर पोखरेलको लहलहैमा लागेर मन्त्री बनेपछि ती चार नेताको मन्त्री र सांसद पद फुत्किएको छ । चार नेताहरू घरन घाटको भएका छन् ।

Published : Sunday, 2021 May 2, 3:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया