कोरोनाबाट बच्न ओलीले बनाए क्याबिन, अस्पतालको ढोकामा मर्दै जनता, डा.वर्माले गरे प्रशंसनीय काम
काठमाडौं । नेपालग्रज मेडिकल कलेजका डा.पुरुषोत्तम वर्मा कोरोना संक्रमित हुँदा पनि बिरामीहरूको उपचारमा सक्रिय भएर लागेका छन् ।
डा.वर्माले कोरोनाभाइरसबाट संक्रमित भएर उपचार गर्न आउने बिरामीहरूलाई कोभिड–१९ वार्डमा बसेर उपचार गरिरहेका छन् । डा.वर्मालाई कोरोना संक्रमण भएको छ ।
डा.वर्माको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । डा.वर्मा कोभिड–१९ वार्डमा बसेर बिरामीहरूको फाइल हेरिरहेका छन् । देब्रे हातमा उनले सलाइन पानीको औषधि जोडेका छन् ।
यता, जनतालाई कोरोनाबाट बच्न अम्काको पात खान सुझाव दिने कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफूलाई कोरोनाबाट सुरक्षित राख्न सिसाको क्याबिन बनाएका छन् ।
सिंहदरबारस्थित कार्यकक्षमा ओलीले बनाएको क्याबिनको तस्वीर पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
कोरोना महामारीको संक्रमण ओलीले नै फैलाएको कांग्रेसको आरोप छ । ओलीले सभा सम्मेलन गर्ने, कार्यकर्ता भेला गर्ने, आमसभा गर्ने, बालुवाटारभित्रै भिड जम्मा गर्ने, निर्माण कार्य सम्पन्न नभएको धरहरा उद्घाटन गर्ने जस्ता कार्यहरू गरेर स्वास्थ्य मापदण्ड अपनाएका थिएनन् ।
अहिले पनि ओलीले कोरोना रोकथाम र उपचारमा काम गर्न नसकेको भनेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आरोप लगाएका छन् । देउवाले शुक्रबार पत्रकार सम्मेलन गरेर कोरोना फैलाउनमा ओलीको ठूलो हात रहेको बताएका थिए ।
सरकारको लापरबाही र बेवास्ताले अस्पतालको ढोकामा पुगेका जनता मर्न थालेपछि देउवाले पत्रकार सम्मेलन गरेर सरकारको आलोचना गर्दै उपचार र कोरोना रोकथाममा का मगर्न दवाव दिएका थिए । (तस्वीर सामाजिक सञ्जालबाट साभार)
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया