उप–निर्वाचनमा ओलीका उम्मेदवार थापालाई कांग्रेसको विपक्षी मोर्चाले हराइदिने
काठमाडौं । राष्ट्रिय सभाको उप–निर्वाचनमा एमालेले रामबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
माओवादी केन्द्रले थापालाई सांसद पदबाट हटाएपछि उनको सो पद खाली थियो । निर्वाचन आयोगले जेठ ६ गते उप–निर्वाचन गर्दैछ ।
थापा बागमती प्रदेशमा अन्य समूहबाट पुनः चुनाव लड्न लागेका हुन् । यसअघि थापालाई माओवादी र एमालेको संयुक्त मतबाट विजयी बनाइएको थियो । एमाले र माओवादी यस पटक विभाजित भएका छन् ।
एमाले पनि सग्लो छैन । ओलीले एउटा समूहको नेतृत्व गरिरहेका छन् । वरिष्ठ नेता माधव नेपालले अर्को समूहको नेतृत्व गरिरहेका छन् ।
ओलीलाई उप–निर्वाचनमा थापालाई जिताउन त्यति सजिलो छैन । एमालेकै सांसदहरूले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादीको सरकारलाई बचाइदिइसकेका छन् ।
कांग्रेस, माओवादी केन्द्रसहितका साना दलहरूले मिलेर ओलीका उम्मेदवार थापाविरुद्ध उम्मेदवारी दिने तयारीमा छन् ।
वैशाख १० देखि १४ गतेभित्र उम्मेदवारी दिइसक्नुपर्नेछ ।
बागमती प्रदेशका प्रदेशसभा सदस्यहरू, स्थानीय तहका प्रमुख र उप–प्रमुखहरूले उप–निर्वाचनमा मतदान गर्नेछन् ।
बागमती प्रदेशसभामा ११० जना सदस्य छन् । यस प्रदेशका स्थानीय तहका प्रमुख र उप–प्रमुखको मत संख्या २३९ छ । प्रदेशसभा र स्थानीय तह दुबैमा एमालेको एकल बहुमत छ ।
एमालेका सबै जनप्रतिनिधिले मत दिएको अवस्थामा गृहमन्त्री थापा राष्ट्रिय सभाको सांसदमा पुनः निर्वाचित हुने निश्चित छ ।
थापालाई एमालेका सबै मतदाताले भोट दिए भने ५७ मत पाउनेछन् । एमाले बाहेकका सबै दलको मत जोड्दा ५३ मात्रै पुग्छ ।
विपक्षीले साझा उम्मेदवार उठाए र माधव नेपाल पक्षका ४–५ जना प्रदेश सांसदले तलमाथि गरे भने ओलीका उम्मेदवार गृहमन्त्री थापाको पासा पल्टिएर विपक्ष मोर्चाका उम्मेदवारले जित्न सक्नेछन् ।
प्रदेशसभामा कांग्रेसका २२, माओवादीका २३, विवेकशील साझाको ३, नेमकिपा र राप्रपाको २–२ मत छ । राजपाको एक मत छ ।
बागमती प्रदेशमा स्थानीय तहका २३९ जना प्रमुख र उप–प्रमुखमध्ये पनि एमालेकै एकल बहुमत छ ।
२३९ मध्ये एमालेका १३३ छन् । कांग्रेस, माओवादी, लगायतका सबै विपक्षीको जोड्दा १०६ जना मात्र पुग्छन् ।
एमालेको १३३ मत थापालाई पर्यो भने उनले जित्ने निश्चित छ । विपक्षीले साझा उम्मेदवार दिएर एकै ठाउँमा मत हाल्ने र माधव नेपाल समूहले फ्लोर क्रस गर्ने हो भने गृहमन्त्री थापाको पराजय निश्चित छ ।
राष्ट्रिय सभाको अघिल्लो निर्वाचनमा विवेकशील साझा लगायतका साना दलले कांग्रेसलाई साथ दिएका थिए ।
ओलीले संविधान विपरित प्रतिनिधि सभा भङ्ग गरेको हुनाले एमालेको ओली गुटबाहेक सबै दलहरूले पुनः कांग्रेसलाई उप–निर्वाचनमा साथ दिने सम्भावना निकै छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया