बालुवाटारमा यी व्यक्तिले सबैको पत्तासाफ पारे, कुरो बुझेपछि कांग्रेसका खतिवडा चकित

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले एमालेभित्र व्यापारी पृष्ठभूमिका मोती दुगड हाबी भएकोमा ब्याङ्ग्य गर्दै खड्गप्रसाद ओलीलाई दाम चढाउन माधव नेपाल र झलनाथ खनाललाई सल्लाह दिएका छन् ।

खतिवडाले बिहीबार राति ट्वीट गर्दै मोती दुगड शक्तिशाली भएको बताए । माधव–झलनाथ समूहले ओलीलाई दाम राखेर दाम चडाउनेभन्दा अर्को बिकल्प नरहेको बताए ।

‘नेकपा ओमालेमा (ओली समूह) माधव नेपाल, झलनाथ, युवराज, भीम रावल, अष्टलक्ष्मी, सुरेन्द्र, घनश्याम भन्दा त मोती दुगड पो शक्तिशाली देखिए’, खतिवडाले भनेका छन् ।

‘अब माझ (माधव–झलनाथ) समूहको काम ओलीलाई बालुवाटारमा दाम राखेर राजालाई ढोगे जस्तै गर्नुपर्ने देखियो’, कांग्रेस नेता खतिवडाले भनेका छन्, ‘ओली महाराज कि जय ।’

ओलीले माधव नेपाल समूहलाई कारबाही गरेपछि एमालेभित्रको विवाद मिलाउन व्यापारी पृष्ठभूमिका मोती दुगडले चलखेल गरेका छन् ।

दुगडले नै नागपोखरीको पाँचतारे होटेल मेरियटमा कोठा बुक गर्नेदेखि ओली र माधव नेपाललाई वार्तामा ल्याइदिने कार्यहरू गरिरहेका छन् ।

एमालेको थापाथलीमा रहेको नयाँ पार्टी कार्यालय पनि उनै दुगडले खोजेका हुन् । ओलीले विश्वास गर्ने दुगडले एमालेका धेरै नेताहरूलाई साइड लगाएर बालुवाटारमा राज गर्न शुरु गरेका छन् ।

ओलीले दुगडलाई धेरै विश्वास गरेपछि ओली निकटका अन्य नेताहरू झस्किन थालेका छन् ।

Published : Thursday, 2021 April 22, 11:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया