यी हुन् जनताको नाक सिध्याउने मधेसवादी दलका ठूलै नेता, महन्थ ठाकुरलाई तनाब

धरान । तत्कालीन संघीय समाजवादी पार्टीबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्षमा निर्वाचित महेन्द्रप्रसाद यादव युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

अध्यक्ष यादव जनता समाजवादी पार्टी (जसपा)का नेता पनि हुन् । भोक्राहा नरसिंह गाउँपालिका–३ घर भएका ५४ वर्षीय यादवलाई प्रहरीले सुनसरीको धरान उपमहागरपालिका–१३ स्थित डुकु होटेल एण्ड लजबाट पक्राउ गरेको हो ।

अध्यक्ष यादवलाई होटलमा यौनजन्य क्रियाकलाप गर्दै गरेको अवस्थामा पक्राउ गरिएको धरान प्रहरीले जानकारी दिएको छ ।

अध्यक्ष यादवले होटलमा युवतीमाथि जबरजस्ती करणी गरेको भन्दै स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनलाई बुधबार पक्राउ गरेको छ ।

अध्यक्ष यादवले जागिर लगाइदिने भन्दै आफूमाथि यौन शोषण गरेको पीडित युवतीले प्रहरीमा बयान दिएकी छिन् ।

पीडित युवतीको बयानका आधारमा प्रहरीले यादवमाथि जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ ।

राजनीतिक दलका नेताहरूमाथिको नैतिक आचरणमा विभिन्न खालका आरोप र आक्षेपहरू लागिरहेका बेला अध्यक्ष यादव बलात्कार काण्डमा पक्राउ परेका छन् ।

यौन काण्डकै कारण माओवादीका सांसद एवम् तत्कालीन सभामुख कृष्णबहादुर महराले सभामुख पदनै गुमाउनु परेको थियो ।

यौन काण्डहरूमा कम्युनिस्ट नेता र जनप्रतिनिधिहरू अलिक धेरै नै पर्न थालेका छन् ।

यसैबीच, जागिरको प्रलोभनमा पारी लामो समयदेखि जबरजस्ती करणीको सिकार बन्दै आएकी बालिकासँग अवैध यौन सम्पर्क गर्दागर्दै पक्राउ परेका भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष यादव हातमा हतकडीसहित बिहीबार जिल्ला अदालत सुनसरी पुर्‍याइएका छन् ।

बालिका करणीको मुद्दामा पक्राउ परेका गाउँपालिकाका अध्यक्ष यादवलाई प्रहरीले म्याद थप गरेको छ । बुधबार साँझ धरानबाट पक्राउ परेका यादवलाई प्रहरीले बिहिवार सुनसरी जिल्ला अदालतमा उपस्थित गराई पाँच दिन म्याद थप गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नरेन्द्रकुमार कार्कीले जबरजस्ती करणी मुद्दामा यादवको हकमा अदालतबाट पाँच दिन म्याद थप भएको बताए । प्रहरीले अभिभावकको जाहेरीअनुरुप करणीको मुद्दा दर्ता गरेको र सोहीअनुरुप कानुनी कारवाहीको थप प्रक्रिया अघि बढाइएको जनाएको छ ।

प्रहरीका अनुसार अध्यक्ष यादव धरानको डुकु होटल एन्ड लजबाट बालिका करणीमा संलग्न रहेको अवस्थामा रंगेहात पक्राउ परेका थिए । यादवविरुद्ध १७ वर्षीया बालिका बलात्कारको अभियोग लगाइएको छ । प्रहरीका अनुसार स्वयं पीडित बालिकाले अध्यक्ष यादवले आफूमाथि जबरजस्ती करणी गरेको बयान दिएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएअनुसार म्याद थप पश्चात यादवलाई इप्रका धरान लगिएको छ । धरानको टोलीले पक्राउ गरेको यादवसँग सम्बन्धित मुद्दा इप्रकामार्फत नै थप अनुसन्धान अघि बढाइएको जिप्रकाले जनाएको छ ।

यादवलाई थुनामा राखी अनुसंधान गर्नका लागि सुनसरी जिल्ला अदालतका ३ नम्बर इजलासका न्यायधीश दीपककुमार दाहालले प्रहरी मागेको पहिलो पटक पाँच दिनको म्याद थप गरेको हो ।

गाउँपालिका अध्यक्ष यादव पक्राउ परेको भोलिपल्टैबाट दुई दिनका लागि कार्यालय बन्द गरिएको छ । त्यसबारे कारण भने कर्मचारीमा कोरोना देखाइएको सो कार्यालय प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।

Published : Thursday, 2021 April 22, 10:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया