भारतद्वारा ३९ एम्बुलेन्स र ६ वटा स्कुल बस प्रदान

काठमाडौं । भारतले नेपालका विभिन्न संघ संस्थाहरूलाई एम्बुलेन्स र स्कुल बसहरू निःशुल्क प्रदान गरेको छ ।

लैनचौरस्थित राजदूतावासमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले बिहीबार ३९ वटा एम्बुलेन्स र ६ वटा स्कुल बसहरू उपहार स्वरुप प्रदान गरेका हुन् ।

भारतले नेपालका संघ संस्थाहरूलाई एम्बुलेन्स, स्कुल बस, दमकललगायतका अत्यावसेक सेवाका सवारी साधन दिँदै आएको छ ।

राजदूतावासले एड्भान्स लाइफ सपोर्ट, ब्यासिक लाइफ सपोर्ट र कमन लाइफ सर्पोट गरि तीन किसिमको एम्बुलेन्स प्रदान गरेको छ ।

एम्बुलेन्सहरू नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप निर्माण गरिएका छन् ।

Published : Thursday, 2021 April 22, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया