जनताप्रति उत्तरदायी बन्यो तरुण दल, जिम्मेवार बनेनन् कम्युनिस्ट
काठमाडौं । नेपाल तरुण दलले आफ्ना पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले ७७ वटै जिल्लाका अध्यक्षहरूलाई परिपत्र गरेर कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको भन्दै तरुण दलका पूर्व निधारित कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको जनाएका छन् ।
अध्यक्ष बस्नेतले केन्द्रीय समितिद्वारा गण्डकी प्रदेशको पोखरामा वैशाख १२ र १३, प्रदेश नं. २ को बारा जेठ १ र २ लगायत देशका सम्पूर्ण प्रदेशहरूमा गर्न लागिएको बृहत तरुण सम्मेलन र प्रशिक्षण कार्यक्रमहरू हाललाई घोषित मितिमा नहुने गरी स्थगित गरिएको जानकारी दिएका छन् ।
कोरोना भाइरसको प्रकोप नियन्त्रणमा आएर सामाजिक वातावरण सहज भएपछि दलको केन्द्रीय समितिले पुनः नयाँ मिति तोकी कार्यक्रम सार्वजनिक गरिने बस्नेतले बताएका छन् ।
तरुण दलका अध्यक्ष बस्नेतले अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न पनि अनुरोध गरेका छन् ।
कम्युनिस्टहरूले विभिन्न गतिविधिहरू गरेर कोरोनाभाइरसको संक्रमण बढाएको भनेर आरोप लागेका बेला तरुण दलले आफ्ना कार्यक्रमहरू स्थगित गरेर जनताप्रति जिम्मेवारी देखाएको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया