पूर्वराजा र पूर्वरानीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह र उनकी पत्नी पूर्व रानी कोमल शाहलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

पूर्वराजा शाहको निजी सचिवालयद्वारा मंगलबार जारी सूचनाअनुसार पीसीआर परीक्षणका क्रममा शाह दम्पत्तिलाई कोरोनाभाइरस संक्रमण पोजेटिभ देखिएको हो ।

भारत भ्रमणबाट नेपाल फर्किएपछि कोरोनाभाइरसको संक्रमणको पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको सूचनामा उल्लेख छ ।

कोरोना संक्रमण पुष्टि भएपछि पूर्वराजा शाहका दम्पत्ति निर्मल निवासमा सेल्फ आइसोलेसनमा बसेका छन् ।

Published : Tuesday, 2021 April 20, 11:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया