लुम्बिनीमा कांग्रेसको संगठन बनाउने जिम्मेवारी राजु खनाललाई, श्रेष्ठले बनाए संयोजक

काठमाडौं । नेपाली कांग्रेस संगठन विभागका प्रमुख गोपालमान श्रेष्ठले लुम्बिनी प्रदेशको संयोजकमा राजु खनाललाई मनोनीत गरेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रमुख श्रेष्ठले संगठनका केन्द्रीय सदस्य खनाललाई लुम्बिनी प्रदेशको संयोजकमा मनोनयन गरेका हुन् ।

‘नेपाली कांग्रेस केन्द्रीय संगठन विभागले देशका ७ वटै प्रदेशमा व्यापक संगठन सुदृढीकरण गर्ने निर्णय गरेअनुसार लुम्बिनी प्रदेश संयोजकको रुपमा तपाईलाई मनोनयन गरेको छु’, विभागका प्रमुख श्रेष्ठले भनेका छन् ।

‘पार्टीको संगठन विभागको साथै समग्रमा नेपाली कांगेसलाई थप सुदृढीकरण एवम् गतिशील बनाउनमा तपाईको महत्वपूर्ण योगदान रहनेछ भन्ने विश्वास राखेको छु’, श्रेष्ठले भनेका छन् ।

अबको निर्वाचनमा कांग्रेसले संगठनलाई बलियो र सुदृढीकरण गर्न तदारुकता देखाएको छ ।

विभागका प्रमुख श्रेष्ठले कांग्रेसलाई बलियो बनाउन निर्देशन दिँदै आएका छन् ।

Published : Monday, 2021 April 19, 11:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया