कांग्रेस नेता खाणको चेतावनीले कम्युनिस्टभित्र खैलाबैला

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले रामपुर कृषि क्याम्पस, चितवनमा नेपाल विद्यार्थी संघका विद्यार्थीमाथि भएको सांघातिक हमलाको घोर निन्दा गरेका छन् ।

शनिबार खाणले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘शिक्षण संस्थाहरू भनेका ज्ञान आर्जन गर्ने थलो मात्र नभई स्वतन्त्र र निर्भयपूर्वक शिक्षण गर्ने शान्ति क्षेत्र पनि हो ।’

‘यसरी शान्ति क्षेत्रमा नै हतियारसहित आक्रमण हुनु अत्यन्त दुःखद पक्ष हो’, उनले भने, ‘हातियारसहित विद्यार्थीमाथि आक्रमण हुँदा पनि स्थानीय प्रशासन मुकदर्शक बनेर बस्नु लज्जास्पद विषय हो ।’

‘प्रशासनको यो लाचारिताप्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दछ’, कांग्रेस नेता खाणले भनेका छन् ।

‘अपराधिक मानसिकता भएका हतियारधारी समूहको आक्रमणबाट दिपेश बानियाँ, खेमराज उपाध्याय, सोनाम लामा र हिमाल आचार्य घाइते हुनु भएको छ’, उनले भनेका छन् ।

‘घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उक्त घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग जोडदार माग गर्दछौं’, प्रमुख सचेतक खाणले भनेका छन् ।

‘विश्वविद्यालयलाई प्रागिक थलोको रुपमा विकास गर्न, शान्तिपूर्ण विचार प्रकट गर्ने एवं ज्ञानको खोजी तथा अनुसन्धान गर्न सक्ने संस्था बनाउन आग्रह गर्दछौं’, खाणले भनेका छन् ।

Published : Saturday, 2021 April 17, 4:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया