विद्यार्थीमा कोरोना बढेपछि नेविसंघ चिन्तित, हेलचेक्र्याइ नर्गन सरकारलाई चेतावनी

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीमा समूहगत रुपमा कोरोनाभाइरसको संक्रमण देखा पर्न थालेको घटनाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेविसंघका अध्यक्ष राजिव ढुंगानाले बिहीबार विज्ञप्ति जारी गरेर सरकारलाई विद्यार्थीको स्वास्थ्यमाथि खेलवड नगर्न र विद्यार्थीमा संक्रमण फैलिन नदिन विशेष पूर्व तयारी गर्न माग गरेका छन् ।

‘शैक्षिक संस्थाहरूलाई सबै खाले स्वास्थ्य सुरक्षा सतर्कता अवलम्वन गर्नको निम्ति खबरदारी गर्न चाहन्छौँ’, अध्यक्ष ढुंगानाले भनेका छन् ।
‘जनताको जिउधन रक्षा गर्नु सरकारको पहिलो दायित्व हो’, नेविसंघले भनेको छ, ‘यसमा कुनै पक्षबाट पनि हेलचेक्र्याइ नहोस् ।’

अध्यक्ष ढुंगानाले भनेका छन्, ‘राष्ट्रका भोलिका कर्णधार विद्यार्थीको स्वास्थ्यमा खेलवाड गर्ने काम कुनै पक्षबाट भए पनि त्यो हामीलाई सह्य नहुने कुराको चेतावनी दिन चाहन्छौँ ।’

पछिल्ला दिनहरूमा देशभरि कोरोनाभाइरसको संक्रमणको दर पुनः बढ्न थालेकोले सबैलाई चिन्तित बनाएको नेविसंघले जनाएको छ ।

विगतमा लामो समयको लकडाउन र त्यसबाट श्रृजित अनेकन समस्या भागिसकेको भन्दै नेविसंघले कोरोनाको त्रास थपिनु स्वभाविक भएको जनाएको छ ।

नेविसंघका अध्यक्ष ढुंगानाले सम्पूर्ण रुपमा स्वास्थ्य सर्तकता अपनाउन सबै जनामा अपील गरेका छन् ।

निजी विद्यालयको दवावमा केपी ओलीको कम्युनिस्ट सरकारले विद्यालयहरूमा कोरोनाको उच्च जोखिम बढ्दा समेत बन्द गर्ने वा बैकल्पिक व्यवस्था गर्न नसकेका बेला नेविसंघले सचेत गराएको छ ।

Published : Thursday, 2021 April 15, 7:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया