काठमाडौंसहित १५ ठूला सहरका विद्यालय बन्द गर्न सिफारिस

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर शुरु हुने उच्च जोखिम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला सहरका विद्यालयहरू बन्द गर्न सिफारिस गरेको छ ।

मन्त्रालयले विद्यालयहरू कम्तिमा एक महिनाका लागि बन्द गर्न सिफारिस गरेको हो ।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उपत्यकासहित १५ वटा जिल्लाका ठूला सहरमा रहेका विद्यालय एक महिना बन्द गर्नका लागि सिसिएमसीमा प्रस्ताव गरेको जानकारी दिएका छन् ।

विद्यालय बन्द गर्न सिफारिस गरिएका सहरहरूमा काठमाडौं उपत्यकासहित पोखरा, विराटनगर, वीरगन्जसहित १५ वटा ठूला सहर छन् ।

विद्यालयसहित पार्टी प्लालेस, मन्दिर, सिनेमा हल, रात्रिकालीन व्यवसाय पनि बन्द गर्न सिफारिस गरिएको छ ।

निजी विद्यालयलेहरूले विद्यालय बन्द नगर्न सरकारलाई दवाव दिएका छन् । निजी विद्यालयहरूले जोखिम मोलरै भएपनि पठन पाठन अगाडि बढाउन चाहेका छन् ।

नयाँ भेरियन्ट्स एकदम छिटो सर्ने र १८ वर्षमुनिका बालबालिकामा पनि सजिलै सर्ने हुँदा विद्यालय क्षेत्र बढी जोखिममा परेको छ । सरकारले विद्यालय बन्द गर्ने वा खोल्ने भन्नेबारेमा निर्णय गरेको छैन ।

Published : Tuesday, 2021 April 13, 3:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया