आफ्नै नेताले विप्लवको ‘नाक काटिदिए’, अर्काकी पत्नीसँग पक्राउ

अछाम । अछाम जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्लास्तरीय नेता महिलासँग अवैध क्रियाकलाप गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।

पञ्चदेवल विनायक नगरपालिका- ८ बारलामा नेकपा अछामका नेता पदम विक महिलासँग अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

स्थानीय एक विवाहित महिलासँग नियमित अवैध क्रियाकलाप गर्ने गरेको थाह पाएपछि महिलाका श्रीमान् र आफन्तले निगरानी गरिरहेका थिए ।

विक सधै जसो आइतबार बेलुका पनि ती महिलाको कोठामा प्रवेश गरेपछि आफन्तले रंगेहात पक्राउ गरेर प्रहरीलाई बुझाएको जनाइएको छ ।

अनैतिक क्रियाकलापमा संलग्न भएका उनलाई प्रहरी चौकीमा बुझाएपछि आफू विप्लव माओवादीको प्रभावशाली नेता भएको भन्दै विकले छाड्न दवाव दिएका थिए ।

विकले पक्राउ परेपछि आफूलाई नछाडे ठीक नहुने भन्दै धम्की समेत दिएको पीडित पक्षको भनाइ छ ।

विकले प्रतिकार गर्न तम्सेका थिए । विकलाई स्थानीयले पक्राउ गरेर तत्कालै प्रहरी चौकीमा पुर्‍याएको स्थानीयको भनाई छ ।

विप्लव नेतृत्वको माओवादीमा रहेका विकले आफूले गल्ती गरेको र यो झमेलाबाट मुक्त गर्न अनुरोध गरेका छन् ।

(तस्वीर सौजन्य सुदूरपत्र डटकमबाट साभार)

ती महिलासँग विकको विगत लामो समयदेखि हिमचिम हुँदै आएको स्थानीय र पीडित परिवारको आरोप छ ।

यसैबीच, महिलासँग रंगेहात पक्राउ परेका विकलाई विप्लव नेतृत्वको नेकपाले पार्टीबाट निष्कासित गरेको छ ।

विप्लव नेतृत्वको नेकपा अछामले विज्ञप्ति जारी गरेर विकलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको जनाएको छ ।

पार्टीका जिल्ला सेक्रेटरी निरक शाही र इञ्चार्ज तपेन्द्र तिमिल्सिनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा महिलासँग रंगेहात पक्राउ परेका विकलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको उल्लेख छ ।

Published : Tuesday, 2021 April 13, 8:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया