पूर्वमन्त्री एवम् कांग्रेस नेता थकालीको शल्यक्रिया

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीको घाँटीको शल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ ।

पूर्वमन्त्री थकालीको घाँटीमा समस्या देखिएपछि काठमाडौंको ग्रैण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार र शल्यक्रिया भएको परिवारजनले जनाएका छन् ।

कांग्रेस नेता थकालीले भनेका छन्, ‘मेरो घाँटीमा देखिएको समस्या ग्रैण्डी अन्तर्राष्ट्रिय अस्पतालका डा.आनन्द घिमिरे ज्यूको टोलीले सफल शल्यक्रिया सम्पन्न गर्नु भएको छ । केही हप्ता सावधानीका साथ बोल्न नहुने भएको छ ।’

‘घाँटीको समस्या देखिने वितिक्कै उपचारमा सगलग्न रहनुभएका डा.घिमिरे, डाक्टर संदेश पन्थी र मेरा अत्यन्त परम मित्र डा.चक्रराज पाण्डेज्यू सहयोगी कीर्ति जिसी, अर्चना र महाप्रबन्धक विकासजी लगायत सम्पूर्ण संग्लग्न कर्मचारीहरूलाई हार्दिक धन्यवाद दिन चाहछु’, पूर्वमन्त्री थकालीले भनेका छन् ।

‘मलाई घाँटीमा समस्या देखिएका बेला देखिनै हालसम्म उपचारको सफलता, चासो र सद्भाव राख्नु हुने सम्पूर्ण जिल्लावासी, इष्टमित्र, साथीभाई, राजनैतिक क्षेत्रका मित्रहरू, संचारकर्मी मित्रहरू सवैमा मेरो हार्दिक अभिवादन’, थकालीले भनेका छन् ।

Published : Thursday, 2021 April 8, 11:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया