ओलीलाई लाज लागेछ, कांग्रेसका खतिवडाले खोले राज

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवाले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई आफैले विघटन गरेको संसदमा जान लाज लाग्ने गरेको टिप्पणी गरेका छन् ।

कांग्रेस नेता खतिवडाले बिहीबार ट्वीट गर्दै ओलीलाई संसदमा जान नैतिकताले नदिएको घुमाउरो भाषामा व्याङ्ग्य गरेका छन् । खतिवडाले ओलीलाई संसदबाट घोक्रेठ्याक लगाएर हटाउँछौँ भन्नेहरू बेपत्ता भएको भन्दै खोजी गरेका छन् ।

‘प्रधानमन्त्रीज्यू अझै संसदमा जानु हुन्न, किनकी हिजो यो संसद आफैंले विघटन गरेको हो’, कांग्रेसका नेता खतिवडाले भनेका छन् ।

‘हामी घोक्रेठ्याक लगाएर ओली हटाउँछौ भन्नेहरू अहिले कता गए छन् ?’, खतिवडाले प्रश्न गर्दै भनेका छन् ।

ओलीलाई हटाउनका लागि बेलाबेला अभिव्यक्ति दिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका नेता माधव नेपाल, झलनाथ खनाल र कांग्रेसकै केही नेताहरूले अभिव्यक्ति दिने गरेका थिए ।

अहिले ओलीलाई हटाउने विषयमा ती नेताहरूले खासै रुचि नदेखाएको भनेर आलोचना हुन थालेका छन् ।

Published : Thursday, 2021 April 8, 11:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया