कांग्रेस निकटका पोखरेलले पत्रकार महासंघमा ओली समूहलाई नकआउट गर्दै, अधिकांश स्थानमा अगाडि

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाली कांग्रेस समर्थक अध्यक्षका उम्मेदवार विपुल पोखरेलले लिड गरेका छन् ।

बुधबार भएको देशभरिको मतदानपछि भएको मतगणनामा पोखरेल फराकिलो मतसहित अगाडि देखिएका हुन् । निर्वाचन समितिका एक सदस्यका अनुसार अध्यक्षका प्रत्यासी पोखरेलको प्यानल फराकिलो मतसहित अग्रता लिएको छ ।

पोखरेललाई प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको एमाले निकटको प्रेस चौतारीबाट अध्यक्षमा उम्मेदवार बनेकी निर्मला शर्माले पछ्याइरहेकी छिन् । शर्मा निकै पछाडि छिन् ।

अध्यक्षका अर्का उम्मेदवार गजेन्द्र बुढाथोकी निकै पछाडि छन् ।

पत्रकार महासंघको निर्वाचनमा केन्द्रीय कार्यसमितिमा अध्यक्षसहित अधिकांश पदमा कांग्रेस निकटको प्रेस युनियनले जित्दैछ ।

पछिल्लो अनौपचारिक परिणामअनुसार कांग्रेस निकटका अधिकांश उम्मेदवारले जितेका छन् । जिल्ला अध्यक्ष र प्रतिष्ठानहरूमा पनि प्रेस युनियनले जितेको छ ।

यस पटक प्रेस युनियनले कहिल्यै पनि अध्यक्ष जित्न नसकेका जिल्लाहरूमा पनि कब्जा जमाएको छ ।

कम्युनिस्टहरूले सधैँ जित्दै आएका जिल्ला र प्रतिष्ठानमा कांग्रेस निकटका प्रेस युनियनले जितेको छ ।

Published : Thursday, 2021 April 8, 8:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया