एमालेवाला कम्युनिस्टले भ्रष्टाचार गरेपछि माओवादीवाला कम्युनिस्टले सातो लियो

हेटौँडा । माओवादी केन्द्रले बागमती प्रदेशसभा बिहीबार पनि चल्न नदिने चेतावनी दिएको छ ।

माओवादीले अवरोध गरेपछि मंगलबार र बुधबारका बैठक अवरुद्ध भएका थिए ।

माओवादीले बिहीबार बोलाइएको बैठक पनि अवरुद्ध गर्ने चेतावनी दिएको छ । माओवादी केन्द्रका सांसद शालिकराम जमरकट्टेलले बागमती प्रदेश सरकारले आर्थिक अनियमितता गरेकाले विरोधमा प्रदेशसभा बैठक अबरोध गर्ने बताए ।

उनले आर्थिक अनियमितताका विषयमा माओवादी केन्द्रलाई चित्तबुझ्दो जवाफ नदिँदासम्म बैठक चल्न नदिने बताएका छन् ।

विद्युतीय सवारीसाधन गर्ने सरकारी निर्णयको माओवादीले विरोध गरेको छ ।

माओवादीका प्रदेश सांसद जमरकट्टेलले विनापूर्वाधार विद्युतीय बस ल्याउने कार्यको विरोध गरेको बताए ।

Published : Wednesday, 2021 April 7, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया