कांग्रेसको सांस्कृतिक संघमा गिरी प्रेस र भट्टराई कानूनी सल्लाहकार, प्रसाइँ प्रवक्ता

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संघ नेपाल सांस्कृतिक संघले प्रेस सल्लाहकारमा कुवेरराज गिरीलाई मनोनीत गरेको छ ।

संघको केन्द्रीय कार्यसमितिले गिरीलाई प्रेस सल्लाहकारमा मनोनय गरेको अध्यक्ष तीर्थबहादुर थापाले बताएका छन् । संघको चैत १२ गते बसेको बैठकले गिरीले मनोनय गरेको हो ।

काठमाडौं निवासी पत्रकार गिरी रातोपाटी डटकममा कार्यरत छन् । विगत १५ वर्षदेखि पत्रकारितामा सक्रिय रहेका गिरीले कला, संस्कृतिसम्बन्धी समाचारहरू लेख्दै आएका छन् ।

यसैबीच, संघले कानूनी सल्लाहकारमा सन्तोष भट्टराईलाई मनोनय गरेको छ । संघको प्रवक्तामा अध्यक्ष थापाले महेश प्रसाइँलाई नियुक्त गरेका छन् ।

Published : Wednesday, 2021 April 7, 11:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया