कपिलवस्तु– ३ मा कांग्रेस नेता शाहको पहलमा २५ करोडको सडक आयोजना

कृष्णनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले आफ्नो क्षेत्रमा सडक निर्माणका लागि २५ करोडको योजना ल्याएका छन् ।

कपिलवस्तु क्षेत्र नं. ३ मा रहेको रणनैतिक महत्वको यो सडकका लागि बजेट ल्याउन सांसद शाहले नेपाल सरकारसँग विशेष पहल गरेका थिए । सांसद शाहको आग्रहमा सरकारले बजेट पारिदिएको उनको निजी सचिवालयले जनाएको छ ।

कृष्णनगरस्थित बडकन साहुको घरदेखि लक्ष्मीनगर–सिरसिहवा–बालानगर–बेदमउ–लालपुर हुँदै झुलनिया चौराहासम्म सडक बन्दै छ । सो सडकका लागि सांसद शाहले बजेट राख्न ठूलो प्रयास गरेका थिए ।

आफ्नो क्षेत्रको विकासमा विशेष चासो र चिन्ता जनाउँदै आएका कांग्रेस नेता शाहले विकास आयोजनाहरू समयमा सम्पन्न गर्न आफै अनुगमनमा जाने गरेका छन् ।

Published : Tuesday, 2021 April 6, 7:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया