भारतले विश्वलाई चकित तुल्याइदियो, चीन र पाकिस्तान झस्किए
नयाँदिल्ली । भारतले संसारको अग्लो अर्क ब्रिज बनाएर शक्तिशाली राष्ट्रहरूलाई चकित तुल्याइदिएको छ ।
नयाँ टेक्नोलोजीबाट चीनले विकास गरेर धेरैको ध्यान केन्द्रित बनाएका बेला भारतका ईञ्जिनियरहरूले रेल चल्ने संसारकै अग्लो आर्क ब्रिज बनाएर सबैलाई आश्चर्य चकित बनाइदिएका छन् ।
काश्मीरमा रहेको चेनाब नदीमा भारतले आर्क ब्रिजको निर्माण गरेको समाचारमा उल्लेख छ । ब्रिजको काम सोमबार सकिएको छ ।
नदीको सतहदेखि ३५९ मिटर अग्लो रहेको आर्क ब्रिजको उचाइँ पेरिसको आइफेल टावरको भन्दा ३५ मिटर अग्लो छ । १३ सय १५ मिटर लामो ब्रिजमा १७ वटा स्पान छन् ।
भारतको नर्दन रेलवेले बनाइरहेको २७२ किलोमिटर लामो रेलमार्गअन्तर्गत २८ हजार करोड भारू लागतमा ब्रिज बनाइएको छ ।
यो पुलको क्षमता १० हजार ९ सय १६ मेट्रिक टन तौल रहेको छ । आर्क ब्रिजले ८ म्याग्नेच्युडको भूकम्प धान्न सक्छ ।
आर्क ब्रिज १०० किलोमिटरको गतिमा रेल दौडन सक्ने गरी बनाइएको छ । ब्रिजको आयु १२० वर्ष हुनेछ ।
रेलमार्गको योजना सन् २००२ मा बनेको थियो । २००४ देखि काम सुरू भएको रेलमार्गको सबैभन्दा चुनौतीपूर्ण भाग नै यही पुल थियो । पुल बनेपछि जम्मु–कश्मीर बाँकी भारतसँग रेलमार्गसँग जोडिनेछ ।
आर्क ब्रिजमा रेलवे लिक बनाउन शुरू हुनेछ । एक वर्षमा त्यहाँ लिक बिछ्याउने काम सकिनेछ । साढे २ वर्षमा रेलमार्ग सञ्चालनमा आउने समाचारमा उल्लेख छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्क ब्रिज बन्नुलाई ठूलो उपलब्धि भएको बताएका छन् ।
भारतले आर्क ब्रिज बनाएपछि पछि सबैभन्दा धेरै तनाब चीन र पाकिस्तानलाई भएको छ । भारतले गरेको प्रगतिलिाई पाकिस्तान र चीनले रुचाउँदैनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया