पाल्पामा जीप दुर्घटना, दुई जनाको मृत्यु

तानसेन, २४ चैत । पाल्पा जिल्लामा कुखुरा बोकेको पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार मध्यराति करीव सवा १२ बजे तानसेन नगरपालिका– ७ काजीपौवास्थित भित्री कच्ची सडक खण्डमा लु २ च ६३२ नम्बरको जीप दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ ।

दुर्घटनामा सवारी चालक पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. ४ बस्ने २० वर्षीय विजय खाम्चा र रिब्दीकोट गाउँपालिका वडा नं. ४ बस्ने २७ वर्षीय राज थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते उनीहरूलाई उपचारका लागि युनाईटेड मिसन अस्पताल पाल्पा पठाइएको थियो । चिकित्सकहरूले खाम्चा र थापालाई मृत घोषणा गरेको पाल्पा प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खुशी फ्रेस हाउसमा कुखुरा राखी तानसेनतर्फ ल्याउँदै गरेको जीप अचानक बाटोदेखि २० मिटर तल खसेको थियो । (फाइल तस्वीर)

Published : Tuesday, 2021 April 6, 9:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया