एसोसिएशनमा कांग्रेस निकटका प्रधान अध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा लीलेन्द्रप्रसाद प्रधान निर्वाचित भएका छन् ।

शनिबार भएको मतदानमा अध्यक्षका प्रत्यासी नवीनचन्द्र श्रेष्ठसहितको प्यालनलाई हराउँदै प्रधान नेतृत्वको प्यानल निर्वाचित भएको हो ।

प्रधान यस अघि पनि एशोसिएशनको अध्यक्ष थिए । अध्यक्षमा निर्वाचित लीलेन्द्र प्रधान नेपाली कांग्रेसका नेता समेत हुन् ।

प्रधानले प्रत्यासी श्रेष्ठको भन्दा २ सय ५९ मत बढी ल्याएर वियज भएका हुन् । प्रधानले ३ सय २ मत ल्याएका छन् भने प्रत्यासी श्रेष्ठले जम्मा ४३ मत मात्र प्राप्त गरेका छन् ।

एशोसिएशनको ४२ औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा भारी मत प्राप्त गरी प्रधानको नयाँ नेतृत्व चयन भएको हो ।

कोरोना महामारीका कारण गत वर्ष रोकिएको एशोसिएशनको साधारणसभाको औपचारिक उद्घाटन शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गरेका थिए ।

वरिष्ठ उपाध्यक्षमा सुनिलकुमार गुरुङ, प्रथम उपाध्यक्षमा विनोदकुमार चौरसिया, द्वितीय उपाध्यक्ष सुनिलकुमार विडला, सचिवमा हिमाल गैरे र सहसचिवमा श्यामकुमार बुढाथोकी निर्विरोध निर्वाचित भएका हुन् ।

महासचिवमा विश्वप्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया निर्वाचित भएको एशोसिएशनले जनाएको छ ।

अध्यक्ष, महासचिव र कोषाध्यक्ष गरी तीन पदका लागि मतदान भएको थियो ।

कार्यकारी सदस्य (नेपालभरबाट)मा भूपालराज कटुवाल, बाबुराम जमरकट्टेल, चन्दनकृष्ण श्रेष्ठ, गणेशबहादुर सिलवाल, गोपाल श्रेष्ठ, गोकर्णराज खड्का, हरिराम कसौधन र ईश्वर लामा निर्वाचित भएका छन् ।

Published : Monday, 2021 April 5, 10:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया