बालुवाटारबाट ओलीको ऐतिहाँसिक गल्ती, नेपाल–रावललाई कारबाही, कमजोर भयो एमाले
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले नेताद्वय माधव नेपाल र भीम रावललाई कारबाही गरेका छन् ।
ओलीले सोमबार नेता नेपाल र रावललाई कारबाही गर्दै ६ महिनाका लागि निलम्बन गरेका हुन् ।
पार्टी विधान २०४९ को धारा ४९ (ख) अनुसार ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट ओलीले नेपाल र रावललाई निलम्बन गरेका छन् ।
ओलीले नेताद्वय नेपाल र रावललाई सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाही गरेका हुन् ।
ओलीले पठाएको पत्रमा पार्टी हितविपरीत गतिविधि गरेको भन्दै नेपाल र रावललाई कारबाही गरेको जनाइएको छ ।
ओलीले नेपाल र रावललाई सच्चिन पनि सचेत गराएका छन् । सच्चिएर आएमा निलम्बनको अवधि घटाउन सकिने ओलीले नेपाल–रावललाई पठाएको पत्रमा उल्लेख छ ।
ओलीको यो कदमले एमालेलाई विभाजनको संघारमा लगेको टिप्पणी भएको छ । नेपाल–रावलले अब पार्टी विभाजन गर्ने वा ओलीको निरंकुशतालाई शिरोधार्य गरेर जानुभन्दा अर्को बिकल्प छैन ।
ओलीले पार्टीभित्र निरंकुशता लादेको भन्दै आलोचना हुँदै आएको छ । नेपाल–रावलका सांसद र केन्द्रीय सदस्यहरू ओलीको बैठकमा गइसकेका छन् । उनीहरूले आफ्नो राजनीतिलाई नेपाल–रावलको पछाडि लगाएर धरापमा चाहेनन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया