ओलीले सापकोटालाई साइजमा ल्याए, लुखुर–लुखुर बालुवाटार प्रवेश
काठमाडौं । कम्युनिस्ट सरकारले संसदले विज्नेस नदिएका बेला प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग सभामुख अग्निप्रसाद सापकोटाले भेटवार्ता गरेका छन् ।
ओली र सापकोटाबीच बोलचालनै हुन नसकिरहेका बेला आइतबार उनीहरूले संसदको बैठक चलाउने विषयमा करीव दुई घण्टा छलफल गरेका हुन् ।
ओली सरकारले संसदलाई विज्नेस दिएको छैन । केही अध्यादेशहरू ओली सरकारले पेश गर्न खोजे पनि कांग्रेसले संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरोध गरेर विरोधका सूचनानै दर्ता गरेको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ओली र सापकोटाका बीच भेटवार्ता भएको पुष्टि गरे ।
संसदमा विचाराधीन विधेयकहरूलाई अघि बढाउने र संसद सञ्चालनको समग्र विषयमा छलफल भएको बताइएको छ ।
प्रतिनिधिसभामा हाल ३६ वटा विधेयक विचाराधीन छन् । केही जरुरी सार्वजनिक महत्वका प्रस्ताव पनि छन् ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादका कारण ओली र सापकोटाबीच सम्बन्ध चिसिएको थियो । ओलीले संसद विघटन गरेपछि सापकोटाले विरोध गरेर सर्वोच्च अदालतमा रिटनै दायर गरेका थिए ।
त्यसपछि ओली र सापकोटाबीच आरोप प्रत्यारोपका साथै बोलचालनै हुन सकेको थिएन । ओली र सापकोटाबीच भदौ दोस्रो सातापछि बल्ल आइतबार भेट भएको छ ।
फागुन ११ गते सर्वोच्च अदालतले ओलीको निर्णय खारेज गर्दै प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नयाँ राजनीतिक परिस्थिति आएको थियो ।
फागुन २३ गतेदेखि प्रतिनिधिसभाको हिउँदो अधिवेशन शुरु भएको छ । संसद बैठक चले पनि पाँच वटा बैठकहरू प्रभावकारी हुन सकेका छैनन् । संसदको अर्को बैठक चैत १८ गते बस्दैछ ।
सभामुख सापकोटा माओवादी पृष्टभूमिका हुन् । सापकोटाबाट सरकारलाई असहयोग हुँदै आएको आरोप ओलीको छ ।
ओलीले संसद चलाउन सापकोटालाई असहयोग गरेपछि बालुवाटारमा पुगेर सापकोटाले ओलीसँग परामर्श गरेर लचकता देखाउने प्रयास गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया