कांग्रेसको सबै कार्यालयहरू बन्द गर्न निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवम् पूर्वसांसद नविन्द्रराज जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा शनिबार बसेको आकिस्मक बैठकले शोक मनाउन चैत १५, १६ र १७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
तीन दिन शोकका कार्यक्रमहरू बाहेक पार्टीका अरु औपचारिक कार्यक्रमहरू नगर्ने निर्णय गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले चैत १७ गते मंगलबारका दिन केन्द्र तथा सबै जिल्ला कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।
कांग्रेसले स्व.जोशीको स्वर्गारोहणको १३औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय पनि गरेको छ ।
कांग्रेसले स्व.जोशीको स्वर्गारोहणको १३औँ दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दुरी कायम गर्दै शोक सभाको आयोजना गर्ने निर्णय गरेको छ ।
स्व.जोशी नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्व उप–मेयर, संविधानसभा सदस्य, पूर्वमन्त्री समेत भएका थिए ।
जोशीको काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार चैत १३ गते राति ८ः२४ बजे असामयिक निधन भएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया