देउवाले कम्युनिस्टहरूले कांग्रेसविरुद्ध रचेको नयाँ षड्यन्त्र पत्ता लगाए, लिए यस्तो कदम
भरतपुर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले डेढ–दुई वर्षमै चुनाव हुने अवस्था रहेको भन्दै निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
तरुण विभागले शनिबार चितवनको भरतपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अब प्रधानमन्त्रीभन्दा पार्टी बलियो बनाउनेतर्फ लाग्नुपर्ने बताएका हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गगन थापा, डा.शेखर कोइरालाले सरकारमा जानुपर्ने भनेर अभिव्यक्ति दिइरहेका बेला देउवाले प्रधानमन्त्री वा सरकारमा सहभागी हुनेभन्दा पनि कांग्रेसलाई बलियो बनाएर निर्वाचनबाट जितेर आउनुपर्ने धारणा राखेका छन् । पौडेलले शनिबारको एउटा अन्तर्वार्तामा महन्थ ठाकुर वा बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाएर कांग्रेसको समर्थनमा सरकार बनाउन प्रस्ताव गरेका थिए ।
सभापति देउवाले अदालतले एमाले र माओवादी केन्द्र ब्युँत्याए पनि माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता नलिएकाले अहिलेको सरकारसँग बहुमत रहेको बताएका छन् ।
देउवाले भनेका छन, ‘चुनाव जहिले पनि आउन सक्छ । पार्टी एक बनाए बहुमत आउन सक्छ । यस्तो बेला पनि शेरबहादुर प्रधानमन्त्री किन बनेन भन्छन् ।’
एमालेभित्रको पार्टी झगडाप्रति संकेत गर्दै देउवाले भने, ‘पार्टीभित्रको झगडा हुनु ठूलो कुरा होइन ।’
‘एमालेमा झगडा छ । ओली र माधवमा झगडा छ । त्यो अस्वाभाविक हैन नि ! झगडा त हाम्रो पार्टीमा पनि छ’, सभापति देउवाले भने, ‘फेरि मधेसवादीमा पनि झगडा छ । अहिले नै झगडा गर्नेहरूले पछि झन् किन नगर्लान् ? त्यसैले प्रधानमन्त्री बन्ने भनेर फस्ने कुरा हुँदैन ।’
कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली र माधव नेपालको सम्बन्ध, माओवादी र एमालेको सम्बन्ध र जनता समाजवादी पार्टीको भूमिका हेरेर विचार गर्ने सभापति देउवाले बताएका छन् ।
‘त्यसैले प्रधामनमन्त्री हुन मेरा बाबै गरेर हिँडेको पनि छैन’, देउवाले भने, ‘टाउकोमा आए भाग्ने पनि छैन भनेको हुँ ।’
देउवाले एक डेढ वर्षपछि स्थानीय तहको चुनाव हुने हुँदा त्यता ध्यान दिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
उनले अर्ली इलेक्सनको चर्चा चलेको हुँदा जुनसुकै बेला पनि चुनाव हुनसक्ने सम्भावना रहेको बताएका छन् । जनताका घरघरमा जान नेता कार्यकर्तालाई देउवाले अपील गरेका छन् ।
‘चुनावमा उठ्ने चाहना राखेको नेता कार्यकर्ता, पार्टी बलियो बनाउन चाहने नेता जनताको दैलोमा दुःख सुखमा साथ दिन वर्षमा तीन पटक त पुगेको हुनु प¥यो नि’, देउवाले भने, ‘जनताले सेवा गर्नेलाई चुनावमा जिताउँछ । त्यसैले जनताको समर्थन लिन लागौं ।’
सभापति देउवाले कांग्रेसलाई अहिलेनै सरकार नचाहिएको बताएपछि रामचन्द्र पौडेल, गगन थापा, डा.शेखर कोइरालाहरूलाई तनाब भएको छ ।
देउवाले कम्युनिस्टभित्रको विवाद राम्रोसँग बुझेका छन् । सोही कारण कांग्रेसलाई कमजोर बनाउने गरेर उनी सरकारमा जानेपक्षमा छैनन् । पौडेल, गगन र डा.कोइरालाहरू देउवालाई फसाउने बहानामा कांग्रेसलाई कमजोर बनाउन पक्षमा देखिएका छन् भन्ने आरोप छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया