नेपाल समूहको भेला विथोल्न ओलीले उठाए शक्तिशाली कदम
काठमाडौं । एमालेभित्रको आन्तरिक विवादले गर्दा वरिष्ठ नेता माधव नेपाल समूहले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेका बेला अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले भेला विथोल्ने हर्कत गरेका छन् ।
नेपाल समूहको भेला विथोल्ने गरेर ओलीले बिहीबार एमाले संसदीय दलको बैठक बोलाएका हुन् ।
ओलीले बिहीबार बोलाएको बैठकमा आफूहरू सहभागी हुन नसक्ने एमालेका सचिव योगेश भट्टराईले पत्रकारहरूलाई जानकारी दिएका छन् । दुई दिनको भेलाका कारण व्यस्त रहेकाले बिहीबारको संसदीय दलको बैठकमा जान नसकिने भट्टराईले बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार संसदीय दलको बैठक बस्न लागेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् ।
बिहीबार ११ बजे बस्ने बैठक नियमित भएको समेत उनले बताएका छन् ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक धेरै राख्ने नीति लिएको बताइएको छ ।
हरेक पटकको बैठकमा १२ जना सांसद आफूतर्फ फर्किने सम्भावना देखेर बैठक बोलाउने सोँचमा प्रधामन्त्री ओली पुगेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया