ओली सरकारका मन्त्री भट्टको कांग्रेससँग रगतको नाता, कांग्रेस सम्झिएर भावुक बने

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारका एकजना मन्त्रीको ब्लडमा नेपाली कांग्रेससँगको रगतको नाता रहेको खुलासा भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री लेखराज भट्टका बुबा ०७ सालको पुराना कांग्रेसी भएको खुलेको छ । मन्त्री भट्टले नै हिमालय टेलिभिजनको यक्ष प्रश्न नामक कार्यक्रमको अन्तर्वार्तामा आफ्नो परिवार शुरुमा नेपाली कांग्रेस रहेको बताए ।

भट्टले कांग्रेसप्रति आफ्नो सम्मान रहेको बताएका छन् । उनले घरपरिवारमा खान लगाउन कुनै समस्या नभएपनि आफूमा कम्युनिस्ट आन्दोलनप्रति झुकाव भएपछि कम्युनिस्ट बनेको बताएका छन् ।

‘मलाई खान लाउन कुनै समस्या थिएन । अहिले पनि छैन’, मन्त्री भट्टले भनेका छन्, ‘मेरो बुबा ०७ सालको कांग्रेस हो । मैले निरन्तरता त्यहिँ ठाउँमा गरे पनि आज म त शेरबहादुर देउवासँग हुन्थे होला । सांसद मन्त्री हुन सकिन्थ्यो होला ।’

मन्त्री भट्ट सालिन र बौद्धिक नेतामा पर्छन् । उनले कसैलाई पनि व्यक्तिगत रुपमा असर पर्ने खालका कुनै पनि कदम चालेका छैनन् । भट्ट विवादमा पनि नपरेका व्यक्ति हुन् । उनले अहिले पनि कांग्रेस र कम्युनिस्टलाई उत्तिकै स्थान दिने गरेका छन् ।

उनले आफू कमाउनको लागि राजनीतिमा नलागेको बताएका छन् । मन्त्री भट्टको कैलाली जिल्लामा पुख्र्यौली सम्पत्ति अथाहा छ । उनी भूमिपतिकै छोरा हुन् । हुन त मन्त्री भट्टलाई सम्पत्ति जोगाउनकै लागि कम्युनिस्ट हुँदै माओवादीको जनयुद्धमा लागेको आरोप लाग्ने गरेको छ ।

एमालेको सुदूरपश्चिम प्रदेशको ईञ्चार्ज समेत रहेका मन्त्री भट्टले आफूलाई राजनीतिमा ल्याउने गुरु प्रेम कैदी रहेको बताएका छन् ।

काठमाडौंको सिद्धार्थ बनस्थली स्कुलमा पढ्दै गर्दा प्रेम कैदीले आफूलाई १२ वर्षको उमेरमा कम्युनिस्ट पार्टीको सदस्यता दिएको मन्त्री भट्टले बताएका छन् । ‘बाटो फरक भए पनि प्रेम कैदीलाई राजनीतिक गुरु मान्छु । आदर गर्छु’, भट्टले भनेका छन् ।

Published : Tuesday, 2021 March 16, 9:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया