गच्छदारको घरमा म्याद टाँस, एउटै काण्डमा ओलीका नेताहरूलाई उन्मुक्ति, कांग्रेस नेता फसाइए
काठमाडौं । विशेष अदालत काठमाडौंले नेपाली कांग्रेसका उप–सभापति एवम् पूर्वउप–प्रधानमन्त्री विजयकुमार गच्छदारको घरमा म्याद टाँस गरेको छ ।
गच्छदार बालुवाटरस्थित ललिता निवासको ११३ रोपनी जग्गा हिनामिनामा प्रकरणमा जोडिएका छन् । अदालतका कर्मचारीले गच्छदारको घरमा फागुन २३ गते म्याद टाँसेका हुन् । विशेष अदालतका कर्मचारीले गच्छदारलाई एक वर्षदेखि खोजी गर्दा नभेटेपछि घरमा सूचना टाँस गरिएको जनाइएको छ ।
विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले तेस्रो ताकेता गर्दा गच्छदार अदालतमा उपस्थित नभएपछि म्याद टाँस गरिएको बताएका छन् ।
अदालत उपस्थित हुन एक वर्षदेखि म्याद जारी गर्दा समेत गच्छदार उपस्थित नभएको पाण्डेयले बताएका छन् । त्यसपछि गच्छदारको घरमा म्याद टाँस्नु परको उनले बताए ।
गत वर्षको फागुनमा पहिलो पटक गच्छदारलाई विशेष अदालतले १५ दिनभित्र अदालतमा उपस्थित हुन निर्देशन दिएको थियो ।
पटक–पटक उपस्थित हुन निर्देशन दिँदा समेत गच्छार उपस्थित भएका थिएनन् । दुई पटकसम्म गच्छदारविरुद्ध विशेष अदालतले बेपत्ते तामेली टाँस गरिएको थियो । बेपत्ते तामेली अभियुक्तको घर पत्ता नलगाएको अवस्थामा टाँस गर्ने गरिन्छ ।
मोरङ जिल्ला अदालतमार्फत् गच्छदारको घरमा म्याद टाँस गरिएको विशेषका प्रवक्ता पाण्डेयले बताएका छन् ।
गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गच्छदारले सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषदमा प्रस्ताव लैजान विभागीय मन्त्रीको रुपमा गैरकानूनी कार्य गरेको अभियोगपत्रमा उल्लेख छ ।
ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।
अख्तियारले भ्रष्टाचार गरेको भन्दै चार पूर्वमन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, छविराज पन्त हाजिर भएका छन् । विशेषले जोशीलाई साधारण तारेखमा रिहा गरेको छ । पन्तसँग पाँच लाख धरौटी माग गरेको थियो ।
अदालत उपस्थित भएका भाटभटेनीका मालिक मीनबहादुर गुरुङ धरौटीमा छुटिसकेका छन् । अर्का प्रतिवादी तथा अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात भने पुर्पक्षका लागि जेल चलान भएका थिए ।
गच्छदारसहित ३६ जना भने अहिलेसम्म अदालतमा उपस्थित भएका छैनन् । ललिता जग्गा काण्डका बेला एमालेका वरिष्ठ नेता समेत रहेका माधव नेपाल प्रधानमन्त्री थिए ।
नेपाललाई कुनै मुद्धा लगाइएको छैन । तर, गच्छदारलाई मुद्धा लगाइएको छ । तत्कालीन प्रधानमन्त्री नेपालकै निर्देशनमा गच्छदारले सो फाइल मन्त्रिपरिषदमा लगेको बताउँदै आएका छन् ।
बालुवाटारको आठ आना जग्गा छोरा नवीन पौडेलको नाममा किन्ने एमालेका नेता एवम् हालका अर्थमन्त्री विष्णु पौडेलले विवादमा परेपछि जग्गा फिर्ता गरेर उन्मुक्ति पाएका छन् । पौडेल प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र नेता एवम् मन्त्री हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया