कांग्रेसले सरकार नेतृत्व गर्नेबारे देउवाले दिए यस्तो प्रतिक्रिया
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला भएको बताएका छन् ।
शनिबार नेपाली कांग्रेसको महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कम्युनिस्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेको बताए । उनले प्रजातन्त्रलाई स्थायी बनाउन लड्नुपर्ने बेला आएको बताए ।
कम्युनिस्टहरू प्रजातन्त्रको खिलापमा रहेको भन्दै देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण कुरा हो । ओली सरकार कस्तो प्रजातान्त्रिक संस्कार नभएको ? कम्युनिष्ट एकदलीय सर्वसत्तावाद लागू गर्न चाहान्छ ।’
‘झुठा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरूलाई बहकाएर आफू सत्तामा बसिरहने गरिरहेको छ । हाम्रो पार्टीले प्रजातन्त्रलाई स्थायी गराउनु आवश्यक छ’, उनले भने, ‘प्रजातन्त्रमाथि आक्रमण गर्न नसकोस् । सात सालमा राणाको खिलापमा प्रजातन्त्रका लागि लडेका हौँ ।’
देउवाले भने, ‘पञ्चायतको खिलापमा प्रजातन्त्रकै लागि लडेका हौँ । अहिले पनि कम्युनिस्टको खिलापमा प्रजातन्त्रकै लागि लड्नुपर्ने बेला भएको छ ।’
देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताए । नेपाली कांग्रेसले लोभ र हतार गर्न नहुने बताए । उनले परिस्थिति आइप¥यो भने जिम्मेबारीबाट नभाग्ने पनि स्पष्ट पारेका छन् ।
‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ । हाम्रो पार्टीले धेरै हतार गर्ने लोभ गर्ने काम पनि छैन’, उनले भने, ‘परिस्थिति पर्यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन ।’
कांग्रेसका सभापति देउवाले नेपाली कांग्रेस पार्टीभित्र महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया