कांग्रेसले दियो ओलीको दरबारमा ८ रेक्टरस्केलको भूकम्पको धक्का
काठमाडौं । नेपाली कांग्रेसले खड्गप्रसाद ओलीको सरकारमा जान खुट्टा उचालेर बसेको जनता समाजवादी पार्टी नेपाल (जसपा)सँग गम्भीर वार्ता गरेको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शुक्रबार जसपाका नेताहरूसँग सम्वाद भएको हो ।
वार्तामा भावी सरकार र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् ।
कांग्रेसले एमालेबाहेकका राजनीतिक शक्तिहरूको सरकार बनाउन प्रस्ताव गरेको छ । कांग्रेसको प्रस्तावमा जसपाले स्पष्ट जवाफ नदिए पनि सकारात्मक देखिएका छन् ।
कांग्रेसले जसपासँग संसद विघटन गरेर जनताले दिएको झण्डै दुईतिहाइको बहुमतमाथि खेलवाड गर्ने केपी ओली र एमालेसँग सहकार्य नगर्न आग्रह गरेको छ ।
जसपाका नेताहरूले रेशमलाल चौधरीको रिहाइ, संविधान संशोधन लगायतका विषयमा आफूहरूको माग रहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन प्रतिवद्ध रहेको जनाएका छन् । उनीहरूले कांग्रेस वा एमाले कोसँग मिलेर सरकार बनाउनेभन्ने बारेमा पछि जवाफ दिने जनाएका छन् ।

वार्तामा कांग्रेसका सभापति देउवा, विमलेन्द्र निधि, डा.शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह तथा जसपाबाट महन्थ ठाकुर, उपेन्द्र यादव, बाबुराम भट्टराई राजेन्द्र महतो लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
ओलीले जसपासँग मिलेर सरकार बचाउन लागेका छन् । दुईतिहाइको बहुमत हुँदाहुँदै ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद भङ्ग गरेका थिए ।
सर्वोच्च अदालतले ओलीको कदमलाई असंवैधानिकभन्दै संसद भङ्ग गर्ने निर्णय उल्ट्याइदिएको थियो । त्यसपछि ओलीले नेकपालाई विभाजन गराएका छन् । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको पार्टी एकतालाई मान्यता दिएको छैन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया