देउवाको कुराले झस्किएका ओलीले उठाए यस्तो कदम, प्रधानमन्त्रीमा ३ जनाको दाबी

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सरकारको नेतृत्वमा दाबी प्रस्तुत गरेको छ ।

एमाले नेतृत्वको सरकार अल्पमतमा पर्ने सम्भावना बढेर गएपछि बहुमत जुटाउने प्रयासहरू भइरहेका बेला जसपाले नेतृत्वमा दाबी गरको हो । जसपाले नेतृत्वमा दाबी गरेपनि केपी ओलीले तत्काली प्रधानमन्त्री दिन पक्षमा छैनन् । आफ्ठ्यारो परिस्थिति सिर्जना भएर प्रधानमन्त्री पद माओवादी केन्द्रतिर जाने अवस्था आयो भने ओलीले सबै कुरा त्याग गरेर जसपालाई नेतृत्व दिन भने सक्नेछन् ।

जसपाका नेता राजकिशोर यादवले सरकारको नेतृत्वमा आफूहरूको पनि दाबी रहेको बताए । उनले थुनामा रहेका रेशमलाल चौधरीको रिहाइ र संविधान संशोधनको माग पहिलो सर्त रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीसँग बिहीबार भएको वार्ता सकारात्मक रहेको जनाएका यादवले शुक्रबार बस्ने जसपाको संसदीय दलले सरकारको नेतृत्व दाबी गर्न सक्ने बताएका छन् । उनले सरकारमा जान जसपाका केही सर्तहरू रहेको भन्दै सर्त पूरा गर्न परारम्भीक चरण पार गर्नुपर्ने बताए ।

नेता यादवले जसपामा महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादव प्रधानमन्त्री बन्ने क्षमता राख्ने बताए । उनले भने, ‘जसपाले नेतृत्व पायो भने तीन जना नेताहरू हुनुहुन्छ । सहमति गरेर एक जना नेताले नेतृत्व दिनुहुन्छ ।’

एमालेको अहिलेको सरकारलाई नेकपा (माओवादी) केन्द्रको समर्थन छ । माओवादीले समर्थन फिर्ता लियो भने के गर्ने भन्नेमा प्रधानमन्त्री ओली पहिलानै तयारी अवस्थामा रहन चाहन्छन् ।

ओलीले जसपाका मागहरू पूरा गरेर एमाले र जसपाको गठबन्धनमा सरकार बनाउने पक्षमा छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रले एमालेसँग मिलेर सरकार बनाउन रुचि देखाएका छैनन् ।

ओलीले कांग्रेससँग सत्ता साझेदारीका लागि दूतहरूमार्फत प्रस्ताव पठाएका थिए । तर, देउवाले असंवैधानिक कदम चाल्ने ओलीलाई प्रधानमन्त्रीमा साथ दिएर सरकारमा दुई–चार वटा मन्त्रालय लिएर सरकारमा जान नसकिने सन्देश बालुवाटारलाई पठाइदिएका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवाको कडा जवाफ सुनेपछि ओली झस्किएर जसपालाई फकाएर आफ्नो सरकार टिकाउने रणनीतिमा लागेका हुन् ।

कांग्रेस र माओवादी केन्द्रले ओलीलाई प्रधानमन्त्रीबाट हटाएर मात्रै नयाँ समीकरण गरेर जानुपर्ने पक्षमा धारणा राख्दै आएका छन् ।

उता, जसपाका नेता बाबुराम भट्टराई एमालेको सरकार अर्थात प्रधानमन्त्री ओलीसँग मिलेर जाने पक्षमा छैनन् । ओलीसँगको दुई वटा वार्तालाई भट्टराईले बहिस्कार गरिसकेका छन् । भट्टराई वार्तामा नगए पनि उपेन्द्र यादव भने सहभागी हुँदै आएका छन् ।

यसअघि सरकारमा उपेन्द्र सहभागी भएका थिए । उप–प्रधानमन्त्रीसहित सरकारमा सहभागी भएका उपेन्द्रले कार्यसम्पादन गर्न नसकेको भनेर ओलीले लात हानेर हटाइदिएका थिए । ओलीबाट अपमान सहेर सत्ता छाडेको केही महिनाभित्रै उपेन्द्र पुनः सरकारमा जान तयार भएका छन् ।

सत्ताका लागि सधैँ मरिहत्ते गर्ने गरेको आरोप खेप्दै आएका उपेन्द्रफेरि ओली सरकारमा सहभागी हुने तयारीमा छन् । जसपामा सरकारका विषयमा दुई धार देखिएको चर्चा छ । तर, भट्टराई बाहेक सबै नेताहरू ओलीसँग सहकार्य गरेर आकर्षक मन्त्रालयहरू लिएर सरकारमा जानुपर्ने पक्षमा छन् ।

ओलीले विगतमा मधेस आन्दोलनका बेला मधेसी नेताहरूलाई विहारी भन्नेदेखि आन्दोलनमा मारिएकाहरूलाई पाकेको आँप झरेको भनेर होच्याएका थिए । ओलीका विश्वासपात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मधेसीहरू कालो हुन्छन् भनेर होच्याएका थिए ।

मधेसी नेताहरूले सत्ताका लागि जे पनि गर्छन् भन्ने आरोप लाग्दै आएका बेला जसपा र ओलीबीच बलियो गठबन्धन बन्न थालेको छ । अहिलेको ओली–जसपा गठबन्धन आगामी निर्वाचनमा पनि जान सक्ने चर्चा हुन थालेको छ ।

Published : Friday, 2021 March 12, 9:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया