कांग्रेस नेता बस्नेतद्वारा ताप्लेजुङका अग्निपीडितलाई १३ लाख सहयोग, योगेश भट्टराई ट्वाँ

ताप्लेजुङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहलमा ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिकाको दोभान बजारका अग्निपीडितलाई १३ लाख १२ हजार ५ सय रुपियाँ हस्तान्तरण तथा वितरण गरिएको छ ।

बिहीबार बिहान दोभान बजारमा आयोजित विशेष कार्यक्रममा अग्निपीडितहरूलाई आर्थिक सयोग गरिएको हो ।

कार्यक्रममा खेलकुद विभागका प्रमुख समेत रहेका नेता बस्नेतले ताप्लेजुङका अग्निपीडितको समाचार सुनेर आफूलाई पीडा भएको बताए । सोही पीडाका कारण आर्थिक सहयोग गर्न सिन्धुपाल्चोकबाट ताप्लेजुङ आएको बताए ।

नेता बस्नेतको पहलमा नेपाली कांग्रेसले रु. ६ लाख र सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकाले ७ लाख १२ हजार ५ सय गरि जम्मा रु. १३ लाख १२ हजार ५ सय अग्निपीडित परिवारहरूलाई हस्तान्तरण गरिएको छ । दोभान बजारमा आगलागी हुँदा ५७ घर जलेर नष्ट भएका थिए ।

सहयोग रकम हस्तान्तर तथा वितरण कार्यक्रममा सुनकोशी गाउँपालिकाका प्रमुख श्रवणकुमार जिसी, सुनकोशी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामकुमार थापा लगायतको उपस्थिति रहेको थियो ।

ताप्लेजुङबाट प्रतिनिधि सभामा नेकपा (एमाले)का नेता योगेश भट्टराई निर्वाचित भएका छन् ।

भट्टराईले ठूला–ठूला गफ दिए पनि ताप्लेजुङका अग्निपीडित र जनताको पक्षमा काम गर्न नसकेको भनेर आलोचना हुँदै आएको छ ।

एमालेका सांसद भट्टराई चकित पर्ने गरेर कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले अग्निपीडितलाई नगद सहयोग गरेका छन् ।

आगलागीको चपेटामा परी कमजोर आर्थिक अवस्थाको कारणले शिक्षाबाट बन्चित हुन नपरोस् भनेर नेता बस्नेतले १ जना विद्यार्थीलाई काठमाडौंको निजी विद्यालयमा पठनपाठनको बन्दोबस्त मिलाईदिने घोषणा गरेका छन ।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सहयोगी मनहरूलाई दुःखको घडीमा सदैव जुट्न अपील गर्दै सहयोग गर्नेहरूलाई धन्यावाद दिएका छन ।

Published : Thursday, 2021 March 11, 4:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया