नेपाल समूहले ओलीलाई दियो पहिलो गासमै झड्का, बालुवाटारमा खैलाबैला

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले वामपन्थीकै सरकार कायम राख्नुपर्नेमा जोड दिएको छ ।

नेपाल समूहको बुधबार काठमाडौंको नयाँबानेश्वरस्थित अर्याल होटेलमा बसेको भेलाले वामपन्थीको सरकार बनाउनेबारेमा छलफल अगाडि बढाउन नेतृत्वलाई सुझाव दिएको छ ।

एमाले र माओवादी केन्द्रको एकता सम्भव नभएपनि वाम एकताका लागि पहल गर्ने विषयमा अधिकांश सदस्यहरूले धारणा राखेका छन् ।

भेलाले एमाले पार्टीलाई एकताबद्ध र बलियो बनाउन आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने विषयमा पनि छलफल भएको छ ।

पार्टीलाई परिवर्तित परिस्थितिअनुसार अघि बढाउन अध्यक्ष केपी ओलीलाई केन्द्रीय कमिटी बैठक बोलाउन आग्रह गर्न पनि केन्द्रीय सदस्यहरूले माग गरेका छन् ।

एमालेका नेता रघुजी पन्तले आफू अन्तरगतका कार्यकतालाई विचारमा जुझारु तर, अन्य कुरामा संयमित हुन आग्रह गरेको छ ।

पन्तले संघर्ष पनि एकतालाई ध्यानमा राखेर गर्न सवै नेताकार्यकर्तालाई आग्रह गरिएको बताए ।

नेता पन्तले प्रतिनिधि सभा विघटन गरिएपछि आ–आफ्नै दृष्टिकोण र विचार भएपनि अब ती बिर्सेर अघि बढ्नुपर्ने धारणा राखेको बताएका छन् ।

माओवादी केन्द्रका नेता रामबहादुर थापालाई उपाध्यक्ष पद विधिसंगत रुपमा दिनुपर्ने एजेण्डा पनि नेपाल समूहले उठाउनेछ ।

भेलामा नेपाल समूहका ६० जना केन्द्रीय सदस्य उपस्थित छन् । अधिकांश केन्द्रीय सदस्यले एमाले विघटन आफूहरूले नभई अध्यक्ष केपी ओलीले गरेकाले डराउनु नपर्ने मत राखेका छन् ।

पार्टी कमिटीमा पनि कमजोर नभएका कारण ओलीका खराब प्रवृत्तिविरुद्ध पार्टीमै रहेर संघर्ष गर्न सकिने उनीहरूको निष्कर्ष छ ।

Published : Wednesday, 2021 March 10, 10:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया