गोरखामा माओवादीका निर्वाचित शक्तिशाली जनप्रतिनिधि कांग्रेसमा प्रवेश, पाण्डेद्वारा स्वागत
गोरखा । नेकपा (माओवादी) केन्द्रका नेता एवम् राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठको क्षेत्रका एकजना जनप्रतिनिधी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
गोरखा क्षेत्र नम्बर २ को सिरानचोक गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य क्याप्टेन कुमार गुरुङ मंगलबार कांग्रेसमा प्रवेश गरेका हुन् ।
गुरुङलाई कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पार्टी सदस्यता प्रदान गरेका छन् । पाण्डेले वडा सदस्य गुरुङलाई कांग्रेसमा भित्र्याएका हुन् ।
स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी) केन्द्रबाट गुरुङ वडा सदस्यमा निर्वाचित भएका थिए ।
कम्युनिष्ट पार्टीले जनताको आशा र भरोसा तोडेको र विश्वास समेत गुमाउँदै गएको भन्दै गुरुङले आफू कांग्रेसमा प्रवेश गरेको बताए ।
रोणीदेव घिमिरेको सभापतित्वमा आयोजना भएको संगठन सुदृढीकरण तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य पाण्डेले कांग्रेसले लोकतन्त्रको रक्षा गर्ने बताएका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसदद्वय प्रकाशचन्द्र दवाडी, मनकुमारी गुरुङ, कांग्रेसका क्षेत्रीय सभापति गोविन्द गुरुङ, सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, उपाध्यक्ष रीता देवकोटा, गोरखा नगर सभापति चन्दनबाबु खत्री, जिल्ला सदस्य मीना अधिकारी, आमन्त्रित सदस्य शेखर ढकाल, रुपबहादुर गुरुङ, महिला संघकी पूर्व केन्द्रीय सदस्य रविकला खनाल, जिल्ला समितिका सल्लाहकार प्रदीपबाबु ढकाल, वडाध्यक्ष सुरज ढकाल लगायतले प्रशिक्षणमुलक मन्तब्य राखेका थिए ।
नेकपा फुटेर एमाले र माओवादी केन्द्रमा दुई टुक्रा भएको दोस्रो दिन गोरखामा निर्वाचित वडा सदस्य कम्युनिस्ट पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसमा प्रवेश गरेका गुरुङले वडा सदस्यको प्रवाह नगरी कांग्रेसमा प्रवेश गरेको जनाएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया