अराजक धुन्दुकारी कार्यकर्ता उचाल्न प्रचण्ड सडकमा आए
ललितपुर, २२ माघ । ‘अराजक’ नेता कार्यकर्तालाई उचाल्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ सडकमा उत्रिएका छन् ।
बिहीबार बिहान ललितपुरको सातदोबाटो चोकमा आएर दाहालले कार्यकर्ताहरू उस्काएका हुन् ।
दाहाल–नेपाल समूहको बन्दका कारण जनजीवन प्रभावित बनेको छ । दाहाल–नेपाल समूहका अराजक कार्यकर्ताहरूले सडकमा उत्रिएर गाडी जलाउने, एम्बुलेन्स फोड्न, तरकारी फाल्ने लगायतका हर्कत गरिरहेका बेला प्रचण्ड सडकमा आएर कार्यकर्ता उचालेका हुन् ।
कार्यकर्ताहरूलाई उचालेर दाहालले सरकारविरुद्ध चर्का नारावाजी पनि लगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दाहाल सातदोबाटो हुँदै लगनखेल पुगेका थिए । दाहाललाई सातदोबाटोका कार्यकर्तालाई उचालेर कमाण्डिङ गरेका देव गुरुङले साथ दिएका थिए ।
Published : Thursday, 2021 February 4, 10:15 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया