मुख्यमन्त्री पोखरेलसहितका कम्युनिस्टले देउखुरीको पहिचान सिध्याउन थाले, कांग्रेस नेता चौधरीद्वारा खबरदारी
लमही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले देउखुरी उपत्यकाको अस्तित्व मेटाउने गरेर कम्युनिस्टहरूले हर्कत गरेको भन्दै विरोध गरेका छन् ।
लुम्विनी प्रदेशका मुख्यमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य शंकर पोखरेलले देउखुरी उपत्यकाको मौलिक पहिचान मासेर अर्को नामाकरण गरेपछि कांग्रेस नेता चौधरीले अपात्ति जनाएका हुन् । देउखुरीको विकासका लागि ‘देउखुरी उपत्यका विकास प्राधिकरण’ हुनुपर्ने चौधरीको माग छ ।
कम्युनिस्ट मुख्यमन्त्री पोखरेलले देउखुरीको विकासका लागि भन्दै देउखुरीको मौलिकता मासेर ‘राप्ती उपत्यका विकास प्राधिकरण’को कार्यालय देउखुरीमा उद्घाटन गरेपछि स्थानीयहरूले विरोध गरिरहेका छन् ।
स्वच्छ भावनाले देउखुरीको विकास गर्न खोजेको हो भने देउखुरी उपत्यकाको पहिचान नमेटाएर काम गर्नुपर्ने सबैको सुझाव छ ।
‘राप्ती उपत्यका विकास प्राधिकरणलाई सच्याएर देउखुरी उपत्यका विकास प्राधिकरण नामाकरण होस् वा लुम्बिनी प्रदेश राजधानी विकास प्राधिकरण नामाकरण गरिएको राम्रो हुने सुझाव दिन चाहन्छु’, कांग्रेस नेता चौधरीले प्रेस नोट जारी गरेर भनेका छन् ।
नेता चौधरीले लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा ल्याएसँगै देउखुरी उपत्यकाको विकासको लागि डीपीआर शुरु भएको भन्दै स्वागत पनि गरेका छन् ।
‘विगतबाट पाठ सिक्दै देउखुरी उपत्यकालाई विस्तृत योजनाका साथ विकासको लागि नक्साङ्कन हुने कुराको बिरोध गर्ने कुरै रहेन’, कांग्रेस नेता चौधरीले भनेका छन्, ‘यसलाई हामी सबैले साथ दिनैपर्छ प्रधिकरणको कार्यालय उद्घाटन गर्दैगर्दा मुख्यमन्त्री शंकर पोखरेलजी कालाकाटे पुग्दा या लमही पुग्दा हेर्दा फरकपनाको महसुस होस् ।’
‘देउखुरीको एतिहासिकता, मौलिकताको महसुस होस् । हामीले गर्ने आतित्थ्य सत्कारमा आफ्नोपन होस्’, चौधरीले भने, ‘कति राम्रो सोँचभन्नै पर्छ । यी सब कुरा अन्तरमनबाट आएका हुन् भन्ने आशंका सृजना गरेको छ ।’
‘तपाईले गरेको यस ठाउँको एतिहासिकता र मौलिकताको निरन्तरता हो की एतिहासिकता र मौलिकतामाथि प्रहार गर्नु हो ?’, उनले प्रश्न गर्दै भनेका छन्, ‘होइन भने राप्ती उपत्यका विकास प्राधिकरणको नामाकरण कसरी र कस्तो मनसायले गर्नु भो ? राप्ती उपत्यका भन्नाले कसलाई बुझ्ने ?’
‘हामीले बुझेको लुम्विनी प्रदेशको राजधानी देउखुरीको चारकिल्ला हो’, कांग्रेस नेता चौधरीले भनेका छन्, ‘हालसम्म पनि दाङ जिल्लाको जिल्ला अदालतमा समेत दाङ देउखुरी जिल्ला अदालत लेखिन्छ । तपाईले देउखुरीको एतिहासिक नामलाई परिवर्तन गर्न मिल्छ ?’
‘एकातिर एतिहासिकता रक्षाको कुरा गर्ने अर्कोतर्फ दिनदहाडै एतिहासिकतामाथि प्रहार गर्न मिल्छ ?’, नेता चौधरीले मुख्यमन्त्री पोखरेलसँग प्रश्न गर्दै भनेका छन्, ‘सिङ्गो दाङ जिल्लालाई पनि दाङ उपत्यका भनिन्छ, देउखुरीलाई मात्रभन्दा देउखुरी उपत्यका भनिन्छ यसो हो भने राप्ती उपत्यका कहाँबाट आयो किन आयो ?’
‘मैंले सुन्ने गरेको छु अर्घाखाँचीको केही भू–भाग समेटिएकोले यसो भन्नुभएको हो रे ! अनि अर्घाखाँचीको भू–भाग समेटिएको भन्दैमा एतिहासिकता भत्काउन मिल्छ ? किमार्थ मिल्दैन’, नेता चौधरीले कम्युनिस्टहरू र मुख्यमन्त्री पोखरेलको सातो लिँदै भनेका छन्, ‘त्यसैले राप्ती उपत्यका विकास प्राधिकरणलाई सच्याएर देउखुरी उपत्यका विकास प्राधिकरण नामाकरण होस् वा लुम्विनी प्रदेश राजधानी विकास प्राधिकरण नामाकरण गरिएको राम्रो हुने सुझाव दिन चाहन्छु ।’

यसअघि, सिसहनियाँ–महदेवा जोड्ने राप्ती नदीको पुलको शिलालेखमा पनि कम्युनिस्टहरूले ‘सिसनिया’ भनेर नाम लेखेका छन् । ‘सिसहनियाँ’को मौलिक नामलाई बदलेर कम्युनिस्ट प्रधानमन्त्री केपी ओली, कम्युनिस्ट मुख्यमन्त्री पोखरेलसहितका कम्युनिस्टले ‘सिसनिया’ लेखेपछि विरोध हुँदै आएको छ ।
कांग्रेसका केन्द्रीय सदस्य चौधरीले सिसहनियाँको नाम बदलेर ‘सिसनिया’ बनाएको भन्दै मुख्यमन्त्री पोखरेल र प्रधानमन्त्री ओलीले आलोचना गरेका छन् । उनले देउखुरीको पहिचान धुजाधुजा बनाउन कम्युनिस्टहरू षड्यन्त्रपूर्वक लागेको आरोप लगाएका छन् ।
नेपालको दोस्रो लामो राप्ती नदीको पुलको शिलान्यास गर्दा तत्कालीन एमालेले देउखुरी उपत्यका बन्द गरेको थियो । बन्दका बेला सवारी साधन चलाएको भन्दै मोटरसाइकलनै जलाइदिएका थिए । अहिले आएर पूर्वएमालेहरू ‘सिसहनियाँ’को नाम बदलेर ‘सिसनिया’ बनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया