कोइराला फाउण्डेशनद्वारा न्युयोर्कमा २६औं पटक निःशुल्क खाद्यान्न वितरण
न्युर्योक । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले आइतवार अक्टोवर ११, २०२० का दिन निःशुल्क खाद्यान्न वितरण गरेको छ ।
निःशुल्क खाद्यान्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरोस्थित विभिन्न संघ–संस्थाहरूमार्फत गरिएको हो ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा.ओट्टो स्टार्जमेनसँग सहकार्य गरी ११ सय ५२ बक्स निःशुल्क दुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन, तरकारी र फलफूल वितरण गरेको अध्यक्ष सोमनाथ घिमिरे जानकारी दिए ।
गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाले न्युयोर्कको क्वीन्समा रहेका संघसंस्थाहरू वालुङ किदुग युएसएलाइ १४४ बक्स, शेर्पा किदुग अमेरिकालाइ १५४ बक्स, जनसम्पर्क समिति न्युयोर्क च्याप्टर १६४ बक्स, युनाइटेड मुगुम् अर्गनाइजेसन अफ अमेरिका ९६ बक्स, मगर संघ न्युयोर्क च्याप्टर ९६ बक्स, तमु परिवार अमेरिका ४८ बक्स, गुरूङ सोसाईटी अफ अमेरिका ४८ बक्स, गोरखा समाज अमेरिका १६ बक्स, भोजराज ठोकर पाल्जुर शेर्पा ४८ बक्स, ह्योल्मो सोसाईटी अफ अमेरिका ४८ बक्स, किराँत याकथुङ्ग चुम्लुङ अमेरिका ७२ बक्स वितरण गरिएको छ ।
२१८ बक्स निःशुल्क दुग्धजन्य पदार्थहरू, फ्रोजन चिकेन र फलफूल गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाले वितरण गरेको थियो ।

फाउन्डेसनको निःशुल्क खाद्यान्न वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरीङ्ग राप्के लामा, केन्द्रीय सदस्य एवं महिला संयोजक दावा शेर्पा र केन्द्रीय सदस्य सूर्य सिंखडा खटिएका थिए ।
नेपाली कांग्रेसका युवा नेताहरू नेता अनन्तराज सुवेदी, पंकज सुब्बा, अनिलराज पाण्डे, प्रेमलाल बुढा मगर, विमल रोक्का, लक्ष्मण पुन, राम अधिकारी, प्रधुम्न रायमाझी, कुमार खडका, नारायण भट्टराई, राजु घर्ती, माधव जोसी, फाउण्डेशनकी महिला सदस्य मुना भण्डारी केसी, नेतृ कमला पन्त, टंक खडका लगायतले स्वयंसेवीका रुपमा सहयोग गरेका थिए ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा.ओट्टो स्टार्जमेनलाई धन्यवाद एवम् आभार प्रकट गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया