गिरिजाप्रसाद फाउण्डेशन पर्साले ज्ञापन बुझायो
वीरगञ्ज । पर्सा जिल्लाको बिग्रदो स्वास्थ्य अवस्थाप्रति चिन्ता जनाउँदै गिरिजाप्रसाद कोइराला फाउण्डेशनले जिल्ला प्रशासन र्कायालय पर्साको ध्यानार्कषण गराएको छ ।
कोरोना महामारीका कारण पर्सामा हजारौं सकंक्रमित छन् । जिल्लाको स्वास्थ्य अवस्था सुधारको माग गर्दै फाउण्डेशनले ज्ञापन पत्र बुझाएको हो ।
पर्सामा कयाैं सर्वसाधारण कोरोनाबाट संक्रमित भएका छन् । पर्सामा ८ जनाभन्दा धेरै व्यक्ति उपचार नपाएर अस्पतालको गेटमा मृत्यु भएको सर्वविदितै रहेको फाउण्डेशनले जनाएको छ ।
पर्साको स्वास्थ्य अवस्था नराम्रो भएको भन्दै सोमबार फाउण्डेशनका अध्यक्ष मोहम्मद सहाबुदिनसहितको टोलीले प्रमुख जिल्ला अधिकारी आशमान तामाङगलाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्र बुझाउन फाउण्डेशनका सचिव धिरजप्रसाद गुप्ता, सह–सचिव मिन्टुदेवी सिंह, कोषाध्यक्ष मनोहर साह, सदस्य प्रिती सिंह, जंगबहादुर पटेल, सन्तोषकुमार गुप्ता, शेख नेजामुदिन, दीनानाथप्रसाद गुप्ता, पप्पु सिंह, सदीपकुमार केवट, जितेन्द्र ठाकुर, मनजेश कर्ण, पप्पु बैठा, सञ्जय पटेल, सफु शर्मा, अशोक बैठा, कर्ण पटेल, लालबाबु साहलगायतको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया