मंगलबारफेरि काठमाडौंसहित देशभरि संक्रमितको संख्या बढ्यो, ११ को मृत्यु
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ११ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको जनाएको छ ।
मन्त्रालयद्वारा मंगलबार जारी विज्ञप्तिमा ४ महिला र ७ जना पुरुष गरि देशभरि ११ जनाको मृतयु भएको उल्लेख छ ।
सर्लाहीमा ६४ वर्षीय पुरुष, सिरहामा ३५ वर्षीया महिला, बारामा ५५ वर्षीय महिला र ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
काठमाडौंमा ८६ वर्षीया महिला तथा ३४, ९६, र ६६ वर्षीय पुरुषको मृत्यु भएको छ ।
मकवानपुरमा ६१ वर्षीय पुरुष, रुपन्देहीमा ६४ वर्षीया महिला तथा कपिलवस्तुमा ५८ वर्षीय पुरुषको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । योसँग नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।
मन्त्रालयले मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, चितवन, मकवानपुर र रुपन्देहीमा ५ सयभन्दा धेरै संक्रमित रहेको जनाएको छ ।
सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्लामा कोरोना संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा १०६२ जना निको भएर डिस्चार्ज भएका छन् । योसँग नेपालमा ४० हजार ६ सय ३८ जना निको भएका छन् ।
मंगलबार काठमाडौंमा ५५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनासहित काठमाडौं उपत्यकामा ६७६ जनामा कोरोना भेटिएको छ ।
मंगलबार देशभरि ४४६ जना महिला र १०१३ पुरुषसहित १४५९ जनामा कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा ५६ हजार ७ सय ८८ जनामा कोरोना देखिएको छ ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया