दाङमा हजारौँलाई शिक्षा दिएका कांग्रेसका शुभेच्छुक मजगैयाँको निधन

घोराही । महेन्द्र बहुमुखी क्याम्पस, भरतपुर, दाङका पूर्व क्याम्पस प्रमुख एवम् लोकतान्त्रिक आन्दोलनका धरोहर भैरव मजगैयाँको ७५ वर्षको उमेरमा निधन भएको छ ।

दाङको विजौरी निवासी मजगैयाँले लोकतान्त्रिक आन्दोलन र शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेका थिए । उनकाे मंगलबार बिहान दाङमा निधन भएकाे हाे ।

नेपाली कांग्रेसका पूर्वसांसद राजु खनालले महेन्द्र बहुमुखी क्याम्पसमा हजारौँ विद्यार्थीलाई शिक्षा दिएको भन्दै भैरव मजगैयाँप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

‘महेन्द्र बमुहुखी क्याम्पसमा म जस्ता हजारौँलाई उहाँले पढाउनुभयो’, खनालले भने, ‘दाङको शैक्षिक क्षेत्रमा उहाँको ठूलो योगदान छ ।’

तत्कालीन समयमा स्व.मजगैयाँले नेविसंघबाट राजनीति शुरु गरेका थिए । उनले नेपाल प्रध्यापक संघमा पनि रहेर काम गरेका थिए ।

नेपाली कांग्रेस दाङका सचिव शंकर डाँगीले भैरव मजगैयाँको निधनबाट कांग्रेसले शिक्षाप्रेमी र असल नेतृत्वदायी व्यक्ति गुमाएको बताएका छन् ।

Published : Tuesday, 2020 September 15, 1:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया